
धादिङ, ४ माघ ।
धादिङको खनियावास गाउँपालिकामा ५ मा दाउरा बोकेको ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । साथै उक्त दुर्घटनामा ५ जना घाईते भएका छन् । मृत्यु हुनेमा खनियाबास गाउँपालिका वडा नम्बर ५ सिमलडाँडा घर भएका लवाङ तामाङ रहेका छन् ।
वुधबार बा ५ ख ५९६३ नम्बरको दाउरा बोकेको ट्रक खनियाबास गाउँपालिकाको वडा नम्बर ५ च्युल्पामा दुर्घटना हुँदा उक्त दुर्घटनामा परि अन्य ५ जना घाईते समेत भएका छन् ।
ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरूको उद्धार गने कार्य भईरहेको छ । घट्नाको थप विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस