आज:  | Sun, 19, May, 2024

आज दुई प्रदेशमा वर्षा साथै, केही स्थानमा हिमपातको सम्भावना

५ माघ २०८०, शुक्रबार ०७:३० मा प्रकाशित ( ४ महिना अघि) १५८ पाठक संख्या
नारी बाटिका


काठमाडौं ५ माघ ।

आज देशको दुई प्रदेशमा वर्षाको सम्भावना रहेको छ भने केही स्थानमा हिमपात हेनेछ । सुक्रबार पहाडी भेगका केही क्षेत्रमा आंशिक बदली छ। अहिले विहानको समयमा तराईका एकदुई स्थानमा हुस्सु र कुहिरो लागी रहेको छ।

​साथै आज दिउँसोको समयमा कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहनेछ ।कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

राति देशका पहाडी भूभागमा आंशिक रही बाँकी भागको मौसम सफा रहनेछ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा सामान्य हिमपातको सम्भावना छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस