आज:  | Mon, 29, Apr, 2024

विद्यार्थीहरुसँग प्रहरी कार्यक्रम संन्चालन साथै यस्ता कार्यक्रमले महिला तथा बालबालिकामा न्यायको पहुँच बढाउँदै

५ माघ २०८०, शुक्रबार ०८:३९ मा प्रकाशित ( ३ महिना अघि) ४९३ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु

 नारी बाटिका संवाददाता

धादिङ -५ माघ ।

विद्यार्थीहरुसँग सामुदायिक प्रहरी कार्यक्रम अन्तरगर्त अन्तर्रकृया कार्यक्रम सम्पन्न गरिएको छ । साथै यस्ता कार्यक्रमले महिला तथा बालबालिकामा न्यायको पहुँच बढाउँदै गएको नागरिकको भनाई रहेको छ । जिल्ला प्रहरी कार्यालय धादिङको आयोजना तथा धादिङका प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रको आमन्त्रणमा नीलकण्ठ नगरपालिका वडा न. ८ स्थितमा रहेको श्री देउराली माध्यामिक विद्यालयमा कार्यक्रम गरिएको हो ।

बिहिबार उक्त विद्यालयमा अध्यनरत कक्षा १० का ३० जना विद्यार्थीहरु र शिक्षकलाई प्रहरी कामकारवाही, अपराध अनुसन्धान कार्य र प्रहरीले आम जनतालाई दिईने सेवा सुविधाको बारेमा जानकारी गराउनुको साथै कार्यालयमा रहेका सम्पुर्ण शाखाहरुको अवलोकन तथा अन्तर्रकृयात्मक कार्यक्रम संचालन गरीएको थियो

बिगतमा प्रहरी भनेपछी साना साना बालबालिकाहरु डर मान्ने र बालबालिकाहरुले आफुमाथी शिक्षक,अभिभावक तथा अन्य व्यक्तिले हिंसा गर्दा पनि प्रहरीमा उजुरी दिनु परै जाओस आफुलाई परेको पिडा र समस्याहरु पनि आफ्ना अभिभावकलाई व्यत्त गर्न नसकेको अबस्था थियो । तर पछिल्लो समयमा नेपाल प्रहरीले आफ्नो काम गर्ने तौर तरिकालाई परिमार्जन गर्दै लगेको छ ।

नागरिकहरुसंग घुलमेल र सम्वन्ध बिस्तार गर्दै काम गर्ने अबधारणाको साथ ल्याईएका यस्ता सामुदायिक प्रहरी कार्यक्रम, प्रहरी मेरो साथी,मुस्कान सहितको सेवामा नेपाल प्रहरी लगायतका थुप्रै सेवामुखी कार्यक्रमले समुदायमा कानुन,न्याय के हो कसरी न्याय प्राप्त गर्न सकिन्छ ? भन्न्ने बारेमा जनचेतना जगाउँदै गएकोले यस्ता कार्यक्रमले समाजमा धेरै सहयोग पुर्याएको छ ।

 नेपालको विभिन्न समुदायको आफ्नै चालचलन, संस्कार, संस्कृति तथा सामाजिक मुल्यमान्यतालाई लिएर महिला तथा छोरीमाथी लिङगिय विबेध गरिने,बाल बिवाह,दोस्रो बिवाह लगायतका महिलामाथी जघन्य हिंसा गरिने प्रचलनको बिस्तारै न्युनिकरण हुंदै गएको छ ।

साथै पछिल्लो समयमा माहिला माथी हुने लैंगिक हिंसा,घरेलु हिंसा,बहुविबाह लगायका हिसां भएमा न्यायको लागी प्रहरीमा उजुरी दिनेहरुको संख्यामा पनि वृद्धी हुंदै गएको छ । यस्ता सचेतनामुलक कार्यक्रमले महिला बालिकाको न्यायमा समेत पहुँच बढ्दै गएको पाईन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%२%१%

प्रतिक्रिया दिनुहोस