आज:  | Mon, 20, May, 2024

कांग्रेसको पटक–पटक बैठक मिती सारेपनि महसमिति बैठकका प्रतिनिधि अझै छनोट हुन सकेन

६ माघ २०८०, शनिबार १६:४३ मा प्रकाशित ( ४ महिना अघि) २१७ पाठक संख्या
नारी बाटिका


काठमाडौं ६ माघ ।

नेपाली कांग्रेसको पटक–पटक बैठक मिती सारेपनि महसमिति बैठकका प्रतिनिधि अझै छनोट हुन सकेको छैन । पार्टीको महाधिवेशन सकिएको लामो समय भईसक्दा पनि अझैसम्म महाधिवेशन प्रतिनिधी छनौट हुन नसकेको जनाएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अझै ३५ स्थानबाट प्रतिनिधि छनोट हुन बाँकी छन् ।

केन्द्रीय निर्वाचन समितिले जनाए अनुसार प्रतिनिधी छनौट हुन बाँकी भोजपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुली, ललितपुर, पर्वत र अर्घाखाँचीबाट महासमिति सदस्यको विवरण आउनै बाँकी छ ।

निर्बाचन समितिले तोकिएको समयमा प्रतिनिधि छनोट हुन नसकेपछि यसै माघ २० गते सम्मलाई म्याद थप गरिएको छ । समिति सदस्य जगन्नाथ श्रेष्ठका अनुसार दार्चुला लगायत केही स्थानमा भएको निर्वाचनमा विवाद देखिएकोले ‘महासमिति बैठक पटक–पटक सर्दा पनि प्रतिनिधि छनोटमा ढिलाइ भएको हो ।

पार्टीको अधिवेशन सम्पन्न भएको लामो समय बिति सक्दापनि अझै ३५ स्थानको निर्वाचन भएको जानकारी निर्वाचन समितिलाई आएको छैन । केही स्थानमा भएका निर्वाचनको विषयमा पार्टी केन्द्रीय कार्यलयमा उजुरी समेत परेका छन्,’ पार्टी स्रोतले जनाएको छ । कांग्रेस महासमिति बैठकको मिति तीनपटक सरिसकेको छ ।

काँग्रेसको महासमिति बैठक गएको मंसिरको १३ देखि १५ सम्म तय भएको थियो । उक्त बैठकलाई सारेर मंसिर २९ देखि पुस २ सम्म तय गरिएको थियो । त्यसपछी पनि सारेर पुस, १६ देखि १९ हुंदै अब आगमी फागुन ७ देखी १० गतेसम्म बैठक बस्ने गरी सारिएको छ ।

केन्द्रीय समितिका नेताका भनाई अनुसार महासमिति बैठकमा गठबन्धनबारे आन्तरिक मतभेदका विषय उठ्ने र त्यसले राष्ट्रिय सभा निर्वाचनमा असर पर्न सक्ने भएकोले पछिल्लो बैठक सारिएको जनाएका छन्। यसअघिको बैठक भने रुकुम पश्चिम र जाजरकोटमा गएको भूकम्पले त्यस क्षेत्रमा पुर्याएको जनधनको क्षेतिमा सहयोग गर्ने समयलाई देखाएर सारिएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस