आज:  | Sun, 19, May, 2024

हप्ताको शनिवार नियमित नगरपालिका बजार क्षेत्र वरपर रहेको खोलानालाको सरसफाई कार्यक्रम

६ माघ २०८०, शनिबार १९:५६ मा प्रकाशित ( ३ महिना अघि) २३२ पाठक संख्या
नारी बाटिका


धादिङ, ६ माघ
हरेक हप्ताको शनिवार नियमित रुपमा नीलकण्ठ नगरपालिकाभित्र बजार क्षेत्र तथा आसपासका खोलानालाको सरसफाई कार्यक्रम गर्ने गरिएको छ । केही महिनादेखी नीलकण्ठ नगरपालिकाको संयोजन तथा जिल्ला प्रहरी कार्यलय धादिङ,, सामाजिक संघसस्थाहरुका प्रमुख तथा प्रतिनिधीहरु,स्थानिय सामाजिक व्यक्तित्वहरु,नगर प्रहरीको सहभागितामा नगर वरपर रहेको खोलानालाको सरससफाई गर्ने अभियानलाई निरनतरता दिएको हो ।

हप्ताको शनिवार बिहान नगरपालिकाको सक्रियता तथा उल्लेखित क्षेत्रको सहभागितामा नगर वरपर रहेको थोपल खोला,अरुण खोला र आँसि खोला लगायतका आसपासका क्षेत्रमा सरसफाई सन्चालन गर्ने गरिएको छ । विशेष गरी बजार वरपर रहेका नदि किनार तथा सार्वजनिक स्थलमा बढी जनघनत्व हुने र यस क्षेत्रमा बसोबास गर्ने समुदायका व्यक्तिले पनि जथाभावी फोहर फाल्ने गरेकाले थोपल खोला,अरुण खोला लगायतमा निकै दुर्घन्धित हुने गरेको थियो ।

बजार वरपरका खोला नाला ,सडक आदीमा फोहर मैला बढ्दै गएपछी नगरलाई सफा र हराभर बनाउने उदेस्यले साप्ताहीक रुपमा सरसफाइ कार्यलाई निरनतरता दिन थालिएको हो ।नीलकण्ठ नगरपालिकाको आयोजनामा सत्य वचन परम् इश्वरीय मार्गदर्शन सामाजिक संस्था जिल्ला शाखा धादिङ, नगर प्रहरी, नेपाल प्रहरी, टोल सुधार समिति,सामाजिक संघसस्थाहरु लगायतको सहभागितामा गणेश मार्ग तथा थोपल खोलामा सरसफाई गरिएको हो।

नगरी प्रहरी प्रमुख तेज बहादुर लामिछानेको नेतृत्वमा सरसफाइ गरिएको शनिबारको सरसमफाईको कार्यले नगरपालिकालाई फोहोर मुक्त बनाउने लक्ष राखिएको लामिछाने बताउनु भयो । घरबाट निस्केको फोहोरहरु खोलानालामा नफाल्न र फोहोर बोक्ने सवारी साधन नआईकन घरबाहिर फोहोर नराख्न नगर प्रहरी प्रमुख तेज बहादुर लामिछाने बजारबासीलाई आग्रह गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस