आज:  | Sun, 19, May, 2024

प्रमुख अतिथीका विषयमा जसपा र जनमत पार्टीका कार्यकर्ता बिचमा बिवाद चुलियो ।

७ माघ २०८०, आईतवार १७:१२ मा प्रकाशित ( ३ महिना अघि) २२७ पाठक संख्या
नारी बाटिका


सप्तरी ७ माघ ।

प्रमुख अतिथीका विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीका बिचमा बिवाद चुलिएको छ । । मधेश कृषि विश्वविद्यालयको शिलान्यासको कार्यक्रममा प्रमुख अतिथि को बन्ने भन्न्ो बिषयमा टंगो लगाउन नसक्दा यी दुई पार्टीकाबिचमा बिवाद बढ्दै गएको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाउने भएपछी जनमतका कार्यकर्ता तथा जसपा कार्यकर्ता आमने–सामने हुंदा बिवाद चर्कदै गएकोले सप्तरी जिल्लालाई‌ हाइअलर्टमा राखिएको छ ।

जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी भीमराज बस्नेतले जिल्लालाई‌ हाइअलर्टमा राखी सुरक्षाकर्मी परिचालन समेत गरिएको जानकारी दिनु भयो । बस्नेतले भन्नु भयो, ‘सुरक्षाकर्मी परिचालन गरिसकेका छौँ, जिल्लालाई हाइअलर्टमा राखिसकेका छौँ। थप सुरक्षाकर्मी परिचालन गर्नु पर्ने अबस्था आएमा तयारी अबस्थामा रहेको बताउन भयो ।’ भोली सोमबार विश्वविद्यालयको शिलान्यास कार्यक्रम तय छ।

यता जनमत पार्टीका कार्यकर्ताले आइतबार विश्वविद्यालयको उपकुलपतिलाई ज्ञापन पत्र बुझाउँदै कार्यालयमा तालाबन्दी गरेको छ। तालाबन्दी गरिएपछी विश्वविद्यालयको शिलान्यासको प्रमुख अतिथिका विषयमा जसपा र जनमतका कार्यकर्ताहरु आमने–सामने भएकोले बिवाद बढ्दै गएको थियो ।

जनमतका कार्यकर्ताले कुनै पनि हालतमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि स्वीकार नगर्ने अडान लिएका छन् । जनमतका अध्यक्ष यादवलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्ने जसपा कार्यकर्ताको अडान छ। दुई पार्टीका कार्यकर्ताबिचमा सोही विषयमा बिवाद बढेकोले जिल्लामा सुरक्षा चुनौती पनि थपिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस