
बिबियु,नारी वाटिका डट्कम
धादिङ -४ साउन ।
हाल देशैभर मनसुनी वायुको प्रभावका कारण लगातार वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशभरका अधिकांश भू-भागमा मौसम बदली भई कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले पनि मध्यम वर्षा भइरहेको छ।
यस्तै आज दिउँसो देशभर साधारणतया बदली रही हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षासहितको हिमपातको सम्भावना रहेको छ । साथै पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।
आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै जसो स्थान, मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ भने कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका एक -दुई स्थान,बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ।
यसैगरी आज राति पनि देशभर साधारणतया मौसम बदली रही हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना तथा मधेस प्रदेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका धेरै स्थानहरू, कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पुर्वानुमान छ।
साथै आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ।












प्रतिक्रिया दिनुहोस