आज:  | Tue, 08, Jul, 2025

यसवर्षको एसईईको परिक्षा चैत १५ गतेदेखि हुंदै,कार्यतालिका सहित सार्वजनिक

९ माघ २०८०, मंगलवार ०८:०० मा प्रकाशित ( १ साल अघि) ३७१७ पटक पढिएको
नारी बाटिका


काठमाडौं ९ माघ ।

यसवर्षको एसईई परिक्षा आगमी चैत १५ गतेदेखि हुंने भएको छ ।  परिक्षा नियन्त्रण कार्यालयले परिक्षाको कार्यतालिका सार्वजनिक गर्दै यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ देखि २७ गतेसम्म सञ्चालन गरिने जानकारी गराएको हो ।

राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले एसईईको तालिका शोमबार सार्वजनिक गरेको हो । एसईई परीक्षाका लागि चार लाख ८९ हजार परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ।

साथै यस पटक देखि प्रत्येक विषयमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीहरुले कक्षा ११ मा भर्ना हुन नपाउने समेत व्यवस्था गरेको छ ।
साथमा कार्यतालिका पढ्नु होस् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%४%

प्रतिक्रिया दिनुहोस