आज:  | Mon, 20, May, 2024

राष्ट्रियसभा सदस्य निर्वाचन जारी,शान्तिपूर्ण मतदान भैरहेको

११ माघ २०८०, बिहीबार १३:१६ मा प्रकाशित ( ३ महिना अघि) १३६ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ११ माघ।

आगामी फागुन २१ गतेदेखि रिक्त हुने भएको राष्ट्रियसभा सदस्यको १९ पदका लागि आज बिहान ९ बजेदेखि सुरु भएको मतदान कार्य जारी छ ।

देशका सातवटै प्रदेशको सदरमुकाममा शान्तिपूर्ण रुपले निर्वाचन भैईरहेको निर्वाचन आयोगले जनाएको हो। गण्डकी राष्ट्रियसभा सदस्य निर्वाचन–२०८० अन्तर्गत गण्डकी प्रदेशबाट चुनिने तीन सदस्यका लागि मतदान जारी छ।

पोखरास्थित प्रदेश निर्वाचन कार्यालयमा रहेको दुई मतदान केन्द्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। “गण्डकी प्रदेशमा दुई सय ३० जना मतदाता छन्।“दिउँसो ३ बजेसम्म मतदान गर्न पाउने समयअवधि तोकिएको छ ।

यसैगरी बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यको रिक्त चार सदस्य पदको लागि मतदान जारी रहेको छ। हेटौडाको भुटनदेवी माविको भवनको क मतदान केन्द्रमा प्रदेशसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोरसाईले पहिलो मतदान गरेका थिए।

उक्त भवनमा मतदान केन्द्र (क)मा प्रदेशसभाको लागि र (ख)मा स्थानीय तहका प्रमुख, उपप्रमुखको लागि मतदानस्थलको ब्यवस्था मिलाइएको बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै लुम्बिनी प्रदेशमा पनि राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान जारी रहेको छ। घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा रहेको मतदान केन्द्रमा लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्लीबहादुर चौधरीले पहिलो मतदान गरेका थिए। लुम्बिनी प्रदेशमा अन्य र महिला गरी दुई सदस्यका लागि छ जनाको उम्मेदवारी दर्ता भएको छ।

यस्तै कोशी प्रदेशमा राष्ट्रियसभाका दुई सदस्य निर्वाचनको लागी मतदान जारी रहेको छ। प्रदेश निर्वाचन कार्यालय विराटनगर–१० मा प्रदेशसभा सदस्य एवं पालिकाका प्रमुख एवं उपप्रमुखले मतदान गरिरहेका छन्।

विहान ९ बजेदेखी मतदान भइरहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख यामप्रसाद सुवेदीले जानकारी दिए। प्रदेशमा एक महिला र एक अन्य पद गरी दुई पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ। प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस