आज:  | Sun, 19, May, 2024

धादिङ सिद्धलेक १ बैरेनिमा सवारि दुर्घटना हुंदा एक महिला घाईते

११ माघ २०८०, बिहीबार १५:३१ मा प्रकाशित ( ३ महिना अघि) ३६५ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु

धादिङ ११माघ ।

धादिङको सिद्धलेक १ बैरेनिमा सवारि दुर्घटना हुंदा एकजना महिला घाईते भएकी छन । आज बिहान अं १० : ५० बजेको समयमा धादिङ जिल्ला सिद्धलेक गाउँपालिका वडा नं.१ बैरेनि स्थित कालु पाण्डे सडक खण्डमा बसले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक घाईते भएको हो ।

मलेखुबाट धादिङबेशि तर्फ आउदै गरेको बा. ४ ख ९७६९ नं को बसले बिपरित दिशा तर्फ जादै गरेको बा.प्र.०२०३७प ३०४३ नं को स्कुटर लाई ठक्कर दिदा स्कुटर चालक जिल्ला धादिङ निलकण्ठ नगरपालिका ४ बस्ने बर्ष ५० कि साबित्रा पौडेल घाईते भएकी हुन ।

घाईते पौडेललाई उपचारको लागि धादिङबेशिको जिल्ला अस्पताल ल्याईएको थियो । घाईते पौडेलको बाहिरि चोट नदेखिएको र तत्कालको अवस्था सामान्य रहेको बताईएको छ । साथै उक्त स्थानमा प्रहरी चौकी बैरेनिबाट प्र.ह.को कमाण्डमा टोलि खटि गएको र दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%४%

प्रतिक्रिया दिनुहोस