
नारी बाटिका

भगवती बिबियु
नारी बाटिका संवाददाता
काठमाडौं १३ माघ ।
आजदेखी नेपाली काँग्रेसले समुदायस्तरमा कांग्रेस’ अभियान संन्चालन गर्दैछ । शनिबार देखी पार्टीले संन्चालन गर्न लागिएको यो महत्वपुर्ण अभियानमा जिल्ला,प्रदेश तथा केन्द्रीय नेताहरुको सहभागिता रहने भएको छ । १० दिनसम्म नागरिकसंग काँग्रेस भन्ने उदेस्यका साथ यस अभियानमा नेता तथा कार्यकर्ताहरुको उल्लेखनिय रुपमा सहभागिता रहने भएको छ ।
त्यसैगरी नेता तथा पार्टीका महामन्त्री गगन थापाको भने पुर्व निर्धारित कार्यक्रम अनुसार पार्टीले ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने दिन शनिबार आफ्नो छुट्टै यात्रामा निस्किने भएका हुन्। उनी मेची–महाकाली संवाद यात्रामा निस्किन लागेका हुन्।
थापाको यात्रा झापाको छोटी भन्सारमा आज शुरु हुनेछ। १३ दिने यात्राका क्रममा महामन्त्री थापाले हुलाकी राजमार्ग अन्तर्गतका २१ जिल्लाका पार्टी कार्यकर्ता तथा जनताका आवाज सुन्ने कार्यक्रम तय भएको छ ।
एक जिल्लामा कम्तिमा पनि पाँच वटा कार्यक्रम गर्ने नेता थापाको तयारी छ। तर पार्टी अभियानका बेला छुट्टै नाम दिएर यात्रा शुरु गरेपछि कांग्रेस वृत्तमा उनको आलोचना भएतापनि यस कार्यक्रम पनि जनतासंग गुनासो समस्या सुन्ने र नागरिकबाट आएका गुनासा र बिकास निर्माणका पक्षमा यात्राको कार्यक्रम राखिएकोले उहाँको व्यक्तिगत महत्त्वाकांक्षा मात्रै नभैई आगामी निर्बाचनमा पार्टीको साख बढाउने लक्षको रूपमा हेरिएको छ । 
यसो त महामन्त्री थापाले पनि ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत नै यात्रा शुरु गर्न लागेको प्रतिक्रिया दिनु भएको छ ।







प्रतिक्रिया दिनुहोस