आज:  | Mon, 20, May, 2024

समुदायमा कांग्रेस अभियानको पहिलो दिन मेची पुलबाट सुरु

१३ माघ २०८०, शनिबार १९:११ मा प्रकाशित ( ३ महिना अघि) ४९८ पाठक संख्या
नारी बाटिका


झापा १३ माघ।

नेपाली काँग्रेस केन्द्रीय समितिले आजदेखि संन्चालन गरिएको समुदायमा कांग्रेस अभियानको पहिलो दिन मेची पुलबाट सुरु गरिएिको छ । शनिबार काँग्रेसले झापाको भद्रपुरस्थित मेची पुलबाट आजदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरेको छ ।

कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, कांग्रेस नेता कृष्णप्रसाद सिटौला लगायतले मेची पुलको प्रवेशद्वारमा पाँच वटा बिरुवा रोपेर ‘समुदायमा कांग्रेस’ अभियानको सुरुवात गर्नु भएको हो ।

काँग्रेसले स्थानीय तहबाट हुने गरेका सेवा प्रवाह र विकास निर्माणको अवस्था, जनतामा छाएको नैरिश्यता, गुनासा र जनताबाट सुझाव लिनको लागी वडा स्तरबाटै कार्यान्वयन गराउन पहल गर्ने गरी हुलाकी राजमार्गबाट सुरु भएको अभियान १३ दिनसम्म संन्चालन हुनेछ ।

आजबाट सुर भएको कार्यक्रम माघ २६ गते कञ्चनपुरमा पुगेर समापन हुने कार्यसुचि रहेको छ । ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत मेची–महाकाली संवाद यात्राको नेतृत्व गर्दै निस्किनु भएका महामन्त्री गगन थापाले यो अभियानको उद्देश्य जनताको निराशाबाट फाइदा र लाभ लिन नभई जनताको निराशालाई चिर्नु रहेको बताउनु भयो ।

यस्तै महामन्त्री विश्वप्रकाश शर्माले अव्यवस्था अन्त्य गर्न कांग्रेसको सङ्कल्प अनुसार यो अभियानको सुरुवात गरिएको बताउनु भयो । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले नेपालको लोकतान्त्रिक आन्दोलनमा जनताको रगत बगेको भूमिबाट यो अभियानको सुरुवात गरिएको जानकारी दिनु भयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%५%१%५%

प्रतिक्रिया दिनुहोस