आज:  | Mon, 20, May, 2024

नेकपा एकीकृत समाजवादी पार्टी (एस)ले आजबाट राष्ट्रिय सम्मेलन गरिदै

१४ माघ २०८०, आईतवार ०८:३५ मा प्रकाशित ( ३ महिना अघि) २३४ पाठक संख्या
नारी बाटिका


काठमाडौं १४ माघ ।

नेकपा एकीकृत समाजवादी पार्टी (एस)ले आजबाट राष्ट्रिय सम्मेलन गरिने भएको छ । एकीकृत समाजवादी पार्टीको राष्ट्रिय सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदैछ।

सम्मेलनमा विधान हेरफेर मुलुकमा पछिल्लो राजनिति विषय लगायतका एजेण्ड सहित प्रज्ञा भवन कमलादीमा आज बिहान ११ः३० बजेबाट सम्मेलन सुरु हुने पार्टीले जनाएको छ। यसैगरी यस सम्मेलनमा पार्टी मातहतका कमिटी तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधनका लागि आएका सुझाव माथि छलफल भई पार्टीको आगमी रणनितीका बारेमा निर्णय हुने जनाईएको छ।

यसैगरी पार्टीको आगमी आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्य योजनामा केन्द्रित रहने भएको छ । बैठकमा पार्टी सुदृढीकरणका साथै देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्नका लागी यस सम्मेलनमा कार्य योजना बनाइने प्रवक्ता जगन्नाथ खतिवडाले बताउनु भयो।

उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा पार्टीले विधानको मस्यौदा ड्राफ्ट तयार पार्न तीन सदस्यीय कार्यदल पनि गठन गरेको छ । सम्मेलनले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलित नेतृत्व तथा कानुनी अस्पष्टतालाई मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्ने खतिवडाले जानकारी दिनु भयो।

पार्टीमा भएका पदाधिकारी, केन्द्रीय कमिटीको काम, कर्तव्य तथा अधिकारको बाँडफाँट गर्ने, सम्मेलनले पार्टी नेतृत्वका लागि उमेर र कार्यकाल, सङ्गठन निर्माणमा गरेको योगदान लगायतका आधारमा मापदण्ड तय गर्ने भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस