
नारी बाटिका
शिर्षक : मेरो श्रीमतीले काम गर्दिनन्
भगवती बिबियु
कुराकानीको संवाद सुरु हुन्छ यसरी…..
मनोबैज्ञानिक -तपाईं के काम गर्नुहुन्छ ? पति- म बैंकमा लेखापालको रूपमा काम गर्छु।
मनोबैज्ञानिक- तपाईंको श्रीमती नि ? पति- उनी काम गर्दिनन्, उनी केवल गृहिणी हुन्।
मनोबैज्ञानिक- तपाईको परिवारको लागि बिहानको खाजा कसले बनाउँछ ?
पति- मेरी श्रीमतीले, किनभने उनी काम गर्दिनन्।
मनोबैज्ञानिक- तपाईको श्रीमती बिहानको खाजा बनाउन कति बजे उठ्छिन् ?
पति- उनी बिहान ५ बजे उठ्छिन् किन भने उनी बिहानको खाजा बनाउनु अघि घर सफा गर्छिन्।
मनोबैज्ञानिक- तपाईंका छोराछोरी कसरी स्कूल जान्छन् ? पति- मेरी श्रीमतीले उनीहरूलाई स्कूलमा पुर्याउँछिन्, किनभने उनी काम गर्दिनन्।
मनोबैज्ञानिक- आफ्ना छोराछोरीलाई स्कुल पुर्याएपछि के गर्छिन् ? पति- त्यसपछि खाना पकाउन र लुगा धुनका लागि घर फर्किन्छिन्। दिनभरि उनी घरमै हुन्छिन् किनकि उनी काम गर्दिनन् ।
मनोबैज्ञानिक- बेलुका अफिसबाट घर फर्केपछि तपाई के गर्नुहुन्छ ? पति- दिनभरको कामले थकित भएकोले आराम गर्छु।
मनोबैज्ञानिक- त्यसपछि तपाईंको श्रीमती के गर्छिन् ? पति- उनले मेरो लागि चिया नास्ता बनाउँ छिन्।
क्रमस..
परिवारलाई खाना तयार गर्छिन, हाम्रा बच्चाहरूलाई होमवर्क गराउँछिन्। बच्चाहरूलाई माया र सेवा गर्छिन्। खानापछि भाँडाकुँडा सफा गर्छिन, किचन सफा गर्छिन र बच्चाहरूको लागि न्यानो ओछ्यान तयार पार्छिन्।
क्रमस..सुत्नु अघि मेरो जिउमा तेल लगायर मालिस गरि दिन्छिन्। म दिनभर अफिसमा काम गरेर थाकेको हुन्छु। किनकि उनी केही काम गर्दिनन्, गृहिणी हुन्।
एक महिलाको बारेमा उनलाई कसैले सोध्यो, तिमी काम गर्ने महिला कि गृहिणी ?उनले जवाफ दिइन्, म गृहिणी हो।
पूर्ण(समय) गृहिणी हो। म चौविसै घण्टा काम गर्छु । म आमा हुँ। आमाको काम गर्छु।म श्रीमती हुँ। श्रीमतीको काम गर्छु। म छोरी हुँ। छोरीको काम गर्छु। म बुहारी हुँ। बुहारीको काम गर्छु । म भाउजू हुँ। भाउजूको काम गर्छु।
म जेठानी हुँ। जेठानीको काम गर्छु। म देउरानी हुँ। देउरानीको काम गर्छु। म अलार्म घडी हुँ। म कुक हुँ। म धोबी हुँ।म वेटर हुँ।म नानी हुँ। म नर्स हुँ।म शिक्षक हुँ।म दासी हुँ।म एक व्यवस्थापक हुँ। म एक सुरक्षा अधिकारी हुँ।
म एक सल्लाहकार हुँ।म एक सान्त्वना हुँ। मैले बिदा पाउँदिन। मलाई बिरामी बिदा मिल्दैन। मलाई चाडपर्व बिदा छैन।
दिनरात काम गर्छु । म सातै दिन काम गर्छु, म चौविसै घण्टा काममा हाजिर हुन्छु ।
मलाई कसैले भुक्तानी दिनु पर्दैन। किनकि म एक गृहिणी हुँ । म काम गर्दिन।
नेपालका गृहिणी महिलाहरुले भोग्नु परेको यथार्थ चित्रण







प्रतिक्रिया दिनुहोस