आज:  | Mon, 29, Apr, 2024

आजदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अनलाइनबाट सेवा दिने

१५ माघ २०८०, सोमबार ०८:५५ मा प्रकाशित ( ३ महिना अघि) ३७८ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु

काठमाडौं १५ माघ ।

आजदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयको सेवा अनलाइनबाटै दिने भएको छ । त्रिवि कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउने लगायतका अनलाइबाट दिन मिल्ने कार्यलाई अनलान मार्फत सेवा दिन लागिएको हो

कार्यालयका अनुसार केही समयका लागि अनलाइन र अफलाइन दुवै प्रकृया मार्फत सेवा सञ्चालन गर्ने र पूर्ण अनलाइन सञ्चालन बारे पुनः सूचना प्रकाशन गरी अनलाइन मार्फत सेवा दिन सकिने कार्यालयले जनाएको छ। अनलाइन प्रक्रियाका लागि tuexam.edu.np मा लगइन गरी सर्टिफिकेट लिंकमा क्लिक गरेपछि साइनअप गर्नुपर्छ। त्यसपछि सेवाग्राहीले कार्यालयले मागे गरे बमोजिमको सूचना विवरण उपलब्ध गराउनु पर्ने छ ।

अनलाइनबाट सेवा लिने सेवाग्राहीले फारम भर्दा सूचना अपूर्ण वा गलत भएमा सम्बन्धित विद्यार्थीलाई जानकारी गराइने र पुनः अपलोड गर्न सक्ने व्यवस्था हुने कार्यालयले जनाएको छ।

यसअघी देशका सबै भुगोल र क्षेत्र तथा नेपालका दुर्गम भेगमा बसोबास गर्ने त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुलाई अनलाइन सेवा नहुँदा सेवा लिनको लागी आओतजाओतमा खर्च बढ्ने र अर्कोतर्फ कार्यलयमा आएर दिनभर लाइन लाग्नु पर्ने बाध्यता छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%५%१%

प्रतिक्रिया दिनुहोस