आज:  | Tue, 30, Apr, 2024

हरेक वर्ष माघ १५ गते मनाईने नेपाल नर्सिङ्ग दिवसको महत्व

१६ माघ २०८०, मंगलवार ०७:५२ मा प्रकाशित ( ३ महिना अघि) २२३ पाठक संख्या
नारी बाटिका


काठमाडौं १६ माघ ।

हरेक वर्ष माघ १५ गते मनाईने नेपाल नर्सिङ्ग दिवस देशका स्वास्थ्य संस्थाहरुमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । हरेक वर्ष   हरेक वर्ष  माघ १५ गतेनर्सिङ्ग दिवसका रुपमा मनाईदै आईरहेको छ । नर्सिगंको ईतिहास नेपालमा खासै पुरानो नभए पनि तर अहिलेको परिपेक्ष्यमा नर्सहरुको महत्व अनि विकास धेरै भईरहेको छ । नर्स विनाको अस्पतालको परिकल्पना हामी गर्न सक्दैनौ ।

सन् १९४७ मा विर अस्पतालको स्थापना पछी स्वास्थ्य सहायकका रुपमा केही कम्पाउन्डर र भारतमा तालिम लिएका केही औलामा गन्न सक्ने ब्यत्तिहरु मात्रै ेनर्सको रुपमा काम गर्दथे । विर अस्पतालको ईतिहामा उतिवेला ड्रेसिंग लगायत अन्य उपचारहरु कम्पाउन्डर या डाक्टर स्वंले गर्ने गर्दथे ।

देश वाहिर विश्वयूद्धको अग्नी दनदनी वलिरहेको थियो, मान्छेहरु दिनहुँ हताहत र घाईते भइरहेका थिए, सानो टुकी वालेर फ्लोरेन्स नाईटएगंल घाईतेहरुको सेवामा हरपल तत्पर थिईन् । गएको शताब्दीमा संसारभरिका मान्छेहरुले अत्यन्त महत्व दिएर आदरणीय रुपमा हेरेको नर्सहरुको बारेमा चर्चा भएको पाईन्छ ।

सेतो कोट लगाएकी, कपालमा रिबन लगाएकी, औषधीहरु वोकेकी अनि मुस्कान सहितको सेवा प्रदायक स्वास्थ्य परिचारीका नर्स । नर्स भन्नासाथ अस्पतालको याद आँउछ अनि मुख्य कुरा स्वास्थ्य सुधार अनि ममतामयी सेवा पनि याद आँउछ । हरेक वर्ष माघको १५ गतेका दिन नेपालमा नर्स दिवस मनाईन्छ ।

विसं २०१३ वाट नर्सिगंको नेपाली ईतिहासमा शुरु भएको देखिन्छ जब केही गृहणीहरु लगायतका नेपाली चेलीहरुले औपचारीक रुपमा नर्सिगंको तालिम लिएका थिए, राणा शाषनका क्रममा सभ्रान्त परिवारमा स्वास्थ्यउपचार अनि नसिंगको महत्व चालपाएर नेपालमा नर्सिगको शुरुवात भएको विश्वास गरिन्छ,। राणाकालको क्रममा चारजना नेपाली चेलीहरु विधावती कंसाकार, राधा देवी मालाकार, धर्मदेवी कंसाकार र विष्णुदेवी राईले भारतको अलाहवादवाट स्वास्थ्य सहायकको तालिम लिएको ईतिहास छ ।

त्यसपछी क्रमश नेपाली महिलाहरु भारतमा ४ वर्ष ९ महिने लामो नसिंग कोर्स गरेर आउने चलन वढ्दै गएको हो । आज गल्ली पिच्छेका अस्पताल अनि क्लीनीकहरुमा नर्सहरुको उपस्थिती बाक्लै देख्न सकिन्छ, शहर शहरमा नसिंग कलेजहरु खुलेका छन् अनि अझ विदेश जान सहज हुने भएकाले नसिंग प्रतिको आकर्षण वढ्दै गईरहेको पाईन्छ ।

नर्सिगको अचम्मको कुरा के छ भनेँ यो ब्यवसायमा पुरुषहरु नगण्य मात्रामा छन्, केही समय अघि केही नर्सिग कलेजहरुले पुरुषहरुलाई पनि नर्सिग तालिम दिएकोमा पछी गएर पुरुषहरु यस ब्यवसायमा उत्ति आकर्षित नभएको देखिन्छ । शायद माया, स्नेह अनि ममतामयी यो ब्यवसायमा महिलाको मधुर उपस्थितीनै अत्यूक्तम लागेको हुनसक्छ ।

विरामी हामीमध्य जोकोही पनि पर्न सक्छौ । मनोवैज्ञानीक रुपमा पनि उपचारका क्रममा ममता अनि सकारात्मक सोचका साथ आशलाग्दो ब्यक्तित्वहरुको उपस्थिती र सहयोगले छिटै निको हुने स्वास्थ्य विशेषज्ञले पनि पुष्टी गरेको छ । बिरामीको लागी नर्सहरुवाट अझै धेरै सदभाव र आशाको अपेक्षा छ ।

शुरुशुरुमा नर्सिग पेशालाई दुख्ख लाग्दो ब्यवसाय, रात्रीकालिन ड्यूटी पर्ने, विरामी अनि घाउ रगतसँग काम गर्न पर्ने भन्ने रुपमा त्यती राम्रो पेशाको रुपमा नहेरे पनि आजको नेपाली समाजमा नर्सहरुको उपस्थिती अनि चित्रण वडो व्यबहारिक रुपमा गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस