आज:  | Sun, 19, May, 2024

आज हृदयघातबाट उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको निधन

१६ माघ २०८०, मंगलवार १५:१९ मा प्रकाशित ( ३ महिना अघि) ४७६ पाठक संख्या
नारी बाटिका


काठमाडौँ १६ माघ ।

उच्च अदालत पाटनमा हाँजिर भएकै दुई दिनमा न्यायाधीश मातृकाप्रसाद मरासिनीको हृदयघातबाट  निधन भएको छ । आज बिहान हृदयघातबाट न्यायाधीश मातृकाप्रसाद मरासिनीको निधन भएको हो ।

उहाँलाई आज बिहान साढे आठ बजेतिर हृदयघात भएपछि उपचारका लागि कलंकीस्थित नेपाल नेशनल अस्पताल पुर्‍याइएको थियो।
उपचारका क्रममा बिहान १० बजेतिर निधन भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनु भयो।

सरुवा भएर दुई दिनअघि मात्र न्यायाधीश मरासिनी पाटन उच्च अदालत हाजिर हुनु भएको थियो। रौतहट जिल्ला अदालतबाट उहाँ बढुवा भएर उच्च अदालत पाटन आउनु भएको थियो। उच्च अदालतले आज एकल इजलास र संयुक्त इजलास तोकेको थियो। उहाँको निधनपछि अदालतले आजका सबै पेशी स्थगित गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%

प्रतिक्रिया दिनुहोस