आज: २०८३ बैशाख ९, बुधबार | Wed, 22, Apr, 2026

६०० भन्दा बढी ब्यक्तिलाई युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ

२०८० माघ १८, बिहिबार मा प्रकाशित ( २ साल अघि) ८८२२ पटक पढिएको
नारी बाटिका


काठमाडौं १८ माघ ।

६०० जना भन्दा बढी ब्यक्तिलाई युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने गिराहका सुजन तामाङलाई पक्राउ गरेको छ । तामाङले युरोपका विभिन्न देशमा पठाइदिन्छु भनेर प्रलोभन पारी ६०० जनाभन्दा बढीलाई ठगी गरी फरार रहेका थिए ।

पक्राउ पर्नेमा विकाश वाइबा भनिने सुजन तामाङ रहेका छन्। उपत्यका अनुसन्धान कार्यालय काठमाडौँले उनलाई ललितपुरको लेलेबाट बुधबार पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार नुवाकोट घर भएका तामाङले युरोपियन मुलुक पठाइदिन्छु भनेर पीडितहरूबाट ६९ करोड ठगी गरेको पाइएको एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिनु भयो ।

वुधबार पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस