आज:  | Mon, 20, May, 2024

नेपाली कांग्रेस संसदीय दलको विषयगत समिति गठन साथै संसदीय कार्यसमितिलाई पनि छिट्टै पूर्णता दिने तयारी

२० माघ २०८०, शनिबार ०७:१३ मा प्रकाशित ( ३ महिना अघि) ३०९ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु

काठमाडौं २० माघ ।
नेपाली कांग्रेस संसदीय दलको विषयगत समिति गठन गरेको छ । साथै संयोजक संसदीय कार्यसमितिलाई पनि छिट्टै पूर्णता दिने तयारी गरेको छ । कांग्रेसले प्रतिनिधिसभाका १० वटा विषयगत समितिको संयोजक तोकेको हो ।सुक्रबार बसेको दलको बैठकले समितिको संयोजक तोकेको प्रमुख सचेतक रमेश लेखकले बताउनु भयो ।

उहाँका अनुसार अर्थ समिति संयोजकमा धादिङका रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायण खड्का, उद्योग वाणिज्य तथा श्रम रोजगार उपभोक्ता हितमा रमा कोइराला शर्मा पौडेल, कानून न्याय तथा मानव अधिकार समितिमा नागिना यादव, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा कुसुमदेवी थापा, महिला तथा सामाजिक मामिलामा आशा विकलाई संयोजक तोकेको हो ।

यसैगर िराज्य व्यवस्था सुशासन समितिमा दिलेन्द्रप्रसाद बडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा लीलादेवी बोकिम र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरेलाई संयोजक तोकिएको छ ।

साथै संसदीय दलको कार्यसमितिको निर्वाचन चाँडै गर्ने निष्कर्षमा पुगेको लेखकले बताउनु भयो । केन्द्रीय समितिलाई निर्वाचन समिति तोक्न आग्रह गरेको बताउनु भयो । लेखकले भन्नु भयो ‘आउँदो केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन समिति तोक्नेछ । त्यसपछि निर्वाचनबाट कार्यसमितिको संसदीय दलको कार्यसमितिले पूर्णता पाउने छ ।

यस्तै संसदीय दलको अर्थ समितिको संयोजकमा धादिङका जिल्ला पार्टी सभापती तथा संघिय सांसद समेत रहनु भएका रामनाथ अधिकारी चयन हुनु भएको छ ।
शुक्रबार नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता तथा पार्टी सभापती शेरबहादुर देउवाको अध्यक्षतामा बानेश्वर स्थित संघीय संसद भवन ल्होत्से हलमा सम्पन्न भएको नेपाली कांग्रेस संसदीय दलको बैठकबाट अधिकारीलाई अर्थ समितिको संयोजकमा चयन गरिएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%३%

प्रतिक्रिया दिनुहोस