आज:  | Tue, 30, Apr, 2024

वरिष्ठ मुटु रोग विशेषज्ञ डा.भगवान कोइराला सम्मानित

२० माघ २०८०, शनिबार १९:४९ मा प्रकाशित ( २ महिना अघि) ४३७ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २० माघ ।

निकै लामो समयदेखी सेवा गर्दै आएका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला सम्मानित हुनु भएको छ । उहाँलाई परशुराम शकुन्तला स्मृति सेवा प्रतिष्ठानले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सम्मान गरिएको हो ।

सभामुख देवराज घिमिरेको उपस्थितीमा भएको कार्यक्रममा वरिष्ठ मुटु रोग विशेषज्ञ डा.कोइराला ‘जहाँ इच्छा त्यहाँ उपाय’ भन्ने लोकोक्तिको प्रतीक बनेको बताउनु भएको छ । उहाँले भन्नु भयो, ‘डा. भगवान कोइराला सामान्य हैसियतले काम गरेको व्यक्ति अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गरेको डाक्टरको रुपमा परिचित हुनुभयो, त्यसको साथै आफ्नो व्यवहार र प्रयासले उहाँ सम्मानित हुनु भयो ।

डा.कोइरालाले आफ्नो इच्छालाई प्रयत्नमा बदल्नु भयो र प्रयत्नले परिणाम दिइरहन सकिरहनु भएको छ । ’उहाँले डा.कोइराला समाजको कमजोरी हटाउन आफ्नो स्थानबाट स्पष्ट दृष्टिकोण दिने र त्यो दिशामा समाजलाई लान इमान्दारिताका साथ काम गर्ने एक जना व्यक्तित्व भएको पनि बताउनु भयो ।

सम्मानित हुनु भएका डा. कोइरालाले आफूले कुनै अस्वाभाविक काम नगरेको भन्दै आफू यसरी सम्मानित हुँदै गर्दा खुसी लागेको बताउनु भएको छ ।
उहाँले भन्नु भयो, ‘मलाई सम्मान कार्यक्रममा जान असहज लाग्छ किनभने हामीले कुनै अस्वाभाविक काम गरेको होइन, आफ्नो कर्तव्य मात्र पूरा गरेको हो ।

यस्तो कार्यक्रम र यहाँ सबैको उपस्थितिले मलाई अझै प्रेरणा र प्रोत्साहन दिएको छ । हाल सुविधा सम्पन्न बाल अस्पताल निर्माणको अभियानमा विशेषज्ञ कोइराला लाग्नु भएको छ । उृहाँ देशको राजधानी सहित सातै प्रदेशमा अस्पताल सञ्चालनमा ल्याउने अभियानमा अगुवाइ गरिरहनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%४%१%

प्रतिक्रिया दिनुहोस