आज:  | Mon, 20, May, 2024

आजदेखि हिउँदे अधिवेशन सुरु संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज अपराह्न ४ बजे बस्ने

२२ माघ २०८०, सोमबार ०८:४६ मा प्रकाशित ( ३ महिना अघि) २८३ पाठक संख्या
नारी बाटिका


काठमाडौं २२ माघ ।

आजदेखि हिउँदे अधिवेशन सुरु, संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ । संघीय संसद्को हिउँदे अधिवेशन शोमबारदेखी गर्ने भएको हो । संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज अपराह्न ४ बजे बोलाइएको छ । चसंसद् सचिवालयले दुवै बैठकका लागि प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ।

सचिवालयले यस चालुवर्ष देखि कानुन निर्माणमा प्रभावकारी र चुस्त बनाउनको लागी सिजनल रुपमा क्यालेन्डर बनाएर अधिवेशन सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। सो का लागी हरेक १५–१५ दिनमा कार्यतालिका बनाउने र त्यसै आधारमा बैठक सञ्चालन हुने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन् ।

आजै प्रतिनिधिसभाको पहिलो बैठकको पहिलो एजेन्डा नै सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ। त्यसपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने कार्यतालिका छ ।

यस्तै सभामुख घिमिरेले आजको बैठकमा प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्नेको मनोनयनको निर्णय सुनाउनेछन्। राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने उल्लेख गएिको छ।

, आजकै बैठकमा अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८०० पेश गर्नेछन्। साथै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेश गरिने छ ।

 

यसका लागी सबै जसो राजनितिक दलहरुले संसदीय दलको बैठक सम्पन्न गरिसकका छन्। तर नेकपा माओवादी केन्द्रको भने आजै संसदीय दलको बैठक बोलाएको स्रोतले जनाएको छ। संसद अधिवेशनमा सुशासनको मुद्दालाई भने प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले पहिलो मुद्दा बनाएर कडा रपमा प्रश्तुत गर्ने तयारी गरिरहेको छ।

सरकार जनताप्रति जवाफदेही र उत्तरदायी बन्न नसकेकोले देशमा भ्रष्टाचार बढिरहेको भन्दै एमालेले सुशासनको मुद्दालाई प्राथमिकताका साथ उठाउन लागेको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिएका छन् । यस्तै नेकपा एमालेले संसदले कानून बनाउने काम पाउनु पर्नेमा आफूहरु सचेत रहेको जनाएको छ ।

एमालेले अहिलेको गठबन्धनबाट चलेको सरकारले संसदलाई भुमिका बिहिन बनाएको आरोप लगाउँदै आगामी दिनमा पनि त्यसो गरिए सशक्त प्रतिवाद गरिने चेतावनी दिंदै सरकारले संविधान र कानून विपरित गरेका सबै गतिविधिको आफ्नो पार्टीका संसदहरु मार्फत भण्डाफोर गरिने पनि एमालेको तयारी छ ।

सत्तारुढ दलका प्रमुख दलको रुपमा रहेको नेपाली काँग्रेसकी सचेतक सुशिला थिङले पार्टीले यस अधिवेशनको प्रारम्भमा संक्रमण कालिन न्यायसँग सम्बन्धित विधेयक र सम्पती शुद्धिकरण सम्बन्धी विधेयकलाई प्राथमिकतामा दिई अघि बढेको बताएकी छन् ।

त्यस्तै काँग्रेसले आगामी अधिवेशनमा कानून निर्माणको कामलाई विशेष प्राथमिकता दिनुपर्नेमा पार्टीको जोड रहेको बताएकी छिन् । त्यस्तै सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले आगामी अधिवेशन व्यवस्थित र विधेयक केन्द्रित बनाउने गरी तयारी गरिरहेको बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%४%

प्रतिक्रिया दिनुहोस