आज:  | Sun, 19, May, 2024

विमानस्थलका सुरक्षा प्रमुख चन्दको राजीनामा अस्वीकृत बरु १० दिने घर बिदा मिलाईयो

२२ माघ २०८०, सोमबार १९:४१ मा प्रकाशित ( ३ महिना अघि) ४५६ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २२ माघ ।

त्रिभुवन विमानस्थलका सुरक्षा प्रमुख अर्जुन चन्दको राजीनामामा अस्वीकृत गर्दै,बरु उहाँलाई १० दिने घर बिदा मिलाईएको छ । केही दिन अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको कुटाकुटको विषयलाई कर्मचारीको गल्ति तथा कमी कमजोरी देखिँदा देखिँदै उल्टै सुरक्षाकर्मी माथी गल्ति सोर्झिएपछि त्यहाँका सुरक्षा प्रमुख अर्जुन चन्दले राजिनामा दिनु भएको थियो ।

एकाएक चन्दको राजिनामा आएपछी उक्त राजिनामा स्वीकृत गर्दा बाहिर जनमासमा नराम्रो म्यासेज जाने भएकोले उहाँको राजिनामा अस्वीकृत गर्दै चन्दलाई १० दिनको घरबिदा दिएको हो । ाछानबिन समितिले बुझाएको प्रतिवेदनप्रति असन्तुष्ट विमानस्थलका सुरक्षा प्रमुख, डिआईजी अर्जुन चन्द ठकुरीको राजीनामा फिर्ता भएको छ।

प्रहरी श्रोतका अनुसार उहाँको राजीनामा रित नपुगेकाले फिर्ता गरिएको हो,भनिएको छ । त्यसपछी डिआईजी चन्दलाई १० दिनको घर बिदामा पठाईएको हो । श्रोतका अनुसार उहाँलाई विभागीय कारबाही हुने अवस्था देखिएपछि राजीनामा दिएर जागिरबाट बाहिरिन खोज्नु भएको थियो ।

उहाँले केही अघि राजीनामा दिएको र अहिले राजीनामा फिर्ताको विषयमा भने प्रहरी प्रधान कार्यालयले अझै पुष्टि गरिसकेको भने छैन। गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा बनेको छानबिन समितिमा प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य रहेको समिति बनेको थियो।

जानबिन समितिले चन्दका पनि कमजोरी औँल्याए पछी उक्त प्रतिवेदनमा उहाँमाथि कमाण्ड कन्ट्रोलमा असफल भएको उल्लेख गरिएको थियो । त्यसप्रति छानबिन समितिको प्रतिवेदनमाथी असन्तुष्टि जनाउँदै उहाँले राजीनामा दिएको बताइएको छ। प्रहरी प्रवक्ता भीमप्रसाद ढकालका अनुसार बिदामा बसेको जानकारी दिँदै प्रहरी कर्मचारी बिदामा जानु नियमित र स्वभाविक प्रक्रिया भएको बताउनु हुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%

प्रतिक्रिया दिनुहोस