आज:  | Mon, 20, May, 2024

राष्ट्रपति पौडेलद्वारा सङ्घीय संसद् सचिवालयको महासचिवमा पाण्डेय नियुक्त

२३ माघ २०८०, मंगलवार १८:५७ मा प्रकाशित ( ३ महिना अघि) १६९ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २३ माघ ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सङ्घीय संसद् सचिवालयको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त गर्नु भएको छ । मङ्गलवार राष्ट्रपतिले सङ्घीय संसद् सचिवालयको महासचिव पदमा नियुक्त गर्नु भएको हो।

रिब्दिकोट गाउँपालिका( १ का पद्मप्रसाद पाण्डेयलाई संविधानको धारा १०६ को उपधारा (१० बमोजिम संसद् सचिवालयको महासचिवको पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको सिफारिसमा राष्ट्रपति पौडेलद्वारा पाण्डेयलाई नियुक्त गर्नु भएको हो । पाण्डेय महासचिव पदमा नियुक्त हुनुअघि प्रतिनिधि सभा सचिवबाट राजीनामा दिएका र सो राजिनामा स्वीकृत गरी राष्ट्रपति पौडेलले महासचिव पदमा नियुक्त गर्नु भएको जनाईएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस