
नारी बाटिका
तस्वीर स्रोत : रासस
भरतपुर २७ माघ ।
गए राति भरतपुर चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका(२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१(००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३(००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।
दुर्घटनामा घाइते हुनेहरु सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिनु भयो । घाइतेहरु मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ ।
अहिले घाइते भएकाहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको छ भने निजको खोजी कार्य जारी रहेको प्रमुख सुवेदीले बताउनु भयो ।
रासस








प्रतिक्रिया दिनुहोस