आज: २०८३ श्रावण २९, शुक्रबार | Fri, 14, Aug, 2026

रास्वपाको बन्दसत्र शोमबार स्थगित भइ आजबाट हुंदै

२०८३ अषाढ ९, मंगलबार मा प्रकाशित ( १ महिना अघि) २७२९ पटक पढिएको
नारी बाटिका


चितवन- ९ असार ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी राष्ट्रिय महाधिवेशनको बन्दसत्र शोमबार स्थगित भएकोले आजबाट सुरु हुने भनिएको छ ।

पार्टीको प्रतिनिधि व्यवस्थापन उपसमितिले शोमबार एक सुचना जारी गर्दै महाधिवेशन प्रतिनिधिहरूको नामावली रुजु तथा प्रतिनिधि कार्ड प्रिन्ट गर्ने कार्यमा अपेक्षाभन्दा बढी समय लागेकाले बन्दसत्र हिजोका लागि स्थगित गरिएको बताइएको छ ।

यस्तै प्रक्रियामा रहेका कार्डहरू आज बिहान ७ बजेदेखि वितरण गरिने र प्रतिनिधि कार्ड वितरण भएपछि बन्दसत्रको कार्यक्रम सुरु गरिने आयोजकले जनाइएको छ।

महाधिवेशन भनेको पार्टीको सर्वोत्च्च निकाय भएकाले प्रतिनिधि व्यवस्थापन प्रक्रियामा कुनै विवाद नआओस् भनेर व्यवस्थापन समिति सचेत रहेको रहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस