आज:  | Sun, 19, May, 2024

भरतपुर चितवनमा गए राति बस दुर्घटना हुँदा २० जना घाइते

२७ माघ २०८०, शनिबार ०७:४५ मा प्रकाशित ( ३ महिना अघि) १६५ पाठक संख्या
नारी बाटिका


तस्वीर स्रोत : रासस

भरतपुर २७ माघ ।

गए राति भरतपुर चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका(२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१(००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३(००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।

दुर्घटनामा घाइते हुनेहरु सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिनु भयो । घाइतेहरु मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ ।

अहिले घाइते भएकाहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको छ भने निजको खोजी कार्य जारी रहेको प्रमुख सुवेदीले बताउनु भयो ।

रासस

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%

प्रतिक्रिया दिनुहोस