आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

ललितपुरस्थित एक घरमा दुई बच्चा अचेत फेला र ४ तलाबाट हाम्फालेकी आमा गम्भीर

२०८० माघ २८, आईतबार मा प्रकाशित ( १ साल अघि) ९३९७ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २८ माघ ।

काठमाडौँ ललितपुरस्थित एक घरमा दुई बच्चा अचेत फेला परेका थिए भने ४ तलाबाट हाम्फालेकी आमा गम्भीर घाईते भेटिएको छ । ललितपुर जिल्लाको इमाडोलस्थित एक घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ।

महालक्ष्मी नगरपालिका ४ इमाडोलस्थित घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनु भयो ।

मृत्यु हुनेमा ६ वर्षीय बालक र दुई वर्षीया बालिका रहेको बताउनु भयो । उनीहरुकी आमा भने घरको ४ तलाबाट हाम्फालेकी थिईन् । उनी गम्भीर घाईते रहेको पनि प्रवत्ता कार्कीले बताउनु भयो ।

सो घरको ४ तलाबाट हाम्फाल्ने रविना महर्जन रहेको प्रहरीले जनाएको छ। महर्जनको किष्ट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

आमा हाम्फालेर गम्भिर घाईते र घरभित्र दुई बच्चा अचेत भेटिएपछि प्रहरीले अस्पताल लगिएको थियो। उनीहरुको केही बेरमै मृत्यु भएको अस्पतालले पुष्टी गरेको थियो । घटना के कसरी कारणले घट्यो यसको पुष्टी भने भएको छैन। बच्चाको हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस