आज:  | Sun, 19, May, 2024

गैसस महाँसंघ धादिङको १८ औं साधारणसभा तथा स्थानीय सरहकार समन्वय अन्तर्रक्रिया कार्यक्रम:साथमा तस्वीरहरु

२८ माघ २०८०, आईतवार १९:४८ मा प्रकाशित ( ३ महिना अघि) ४२६ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु

धादिङ २८ माघ ।

गैरसरकारी संस्था महासंघ धादिङको १८ औं साधारणसभा तथा स्थानीय सरहकारबिच समन्वय अन्तर्रक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गैसस धादिङको १८ औं वार्षिक साधारणसभा तथा जिल्लाको १३ वटै पालिकाका प्रमुख,उप प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागितामा गैसस र स्थानीय सरकारकाबिचमा सहकार्य र समन्वयमा बिकासका कार्यमा हातेमालो गरी अघि बढ्न सक्ने सम्भावना सहित कार्यक्रम गरिएको हो ।

महाँसंघ धादिङका अध्यक्ष शालिकराम दुवाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वागमती प्रदेश संघका अध्यक्ष आरती पाठकको प्रमुख आतिथ्ष्ता रहेको थियो ।     त्येसैगरी कार्यक्रममा गैसस महाँसंघ केन्दिय सदस्य गोकर्ण रुपाखेती,वागमती प्रदेशका नि वर्तमान अध्यक्ष दामोदर अर्याल,गैसस धादिङका नि वर्तमान अध्यक्ष एकराज छत्कृलीको विशेष आतिथ्यता रहेको थियो ।

यस्तै उक्त कार्यक्रममा महाँसंघ धादिङका कार्य समिती पदाधिकारीहरु,आतिथ्यता रहेको थियो ।कार्यक्रममा महाँसंघमा आवद्ध जिल्लामा कृयाशिल सामाजिक सेवामा कार्यरत संस्थाका प्रमुख एवं प्रतिनिधीहरु,नारी बाटिका डट्कम अनलाईन खबरका समचारदाता, पत्राकारहरु,महाँसंघका पदाधिकारीहरु लगायतका प्रतिनिधीको सहभागिता रहेको थियो । 

१८ वार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि वागमती प्रदेशका अध्यक्ष आरती पाठकले गैसस भनेको सरकारको सहयोगी हातको रुपमा दशकौ देखी नेपालमा काम गर्दै आईरहेका सामाजिक सेवामा कार्यरत संघसंस्थाले विकासमा निकै टेवा पुर्याई रहेको बताउनु भयो । 

तर नेपालमा संघिय व्यवस्था लागु भए संगै पछिल्लो समयमा नागरिकका चौतर्फी बिकासको निमित्त निस्वार्थ भावनाले राम्रा काम गर्ने गैरसरकारी संस्थाको उचित मुल्याङकन हुन नसकेको बत्ताहरुले बताउनु भएको छ ।

त्यस्तै नागरिकका हक,हित र स्थानिय सरकारको काममा साथ दिनको निमित्त पनि गैसस र यस क्षेत्रमा कार्य गर्ने नागरिक समाजलाई संगै हातेपालो गर्दै जानु पर्ने तथा गैससहरुले आफुलाई सो मुल्याङकन गरी बिकासका क्षेत्रमा काम गर्न सरकारबिच सहकार्य गर्दै जानुपर्ने विचार व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य महाँसंघका उपाध्यक्ष भगवती उपे्रतीले गर्नु भएको थियो । त्यस्तै संघका स -सचिव  गंगा विसुरालबाट  कार्यक्रम संन्चालन  गर्नु भएको थियो भने  कोषाध्यक्ष चेतनाथ ईटनीबाट संघको वार्षिक आय व्यय प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । 

सोेही कार्यक्रमका अबसरमा नेपाल सरकारका पुर्व शिक्षामन्त्रि तथा विज्ञ गंगालाल तुलाधर,धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे,ईन्जिनियर सुर्यकुमार श्रेष्ठबाट विपत व्यवस्थापन तथा विपत जोखिमका प्रतिकार्य योजना पुर्व तयारीका बारेमा प्रस्तुतीकारण गर्नु भएको थियो ।         कार्यक्रममा सहभागीहरुबाट आगमी दिनमा संघलाई अझै मजवुद बनाई सदस्य संस्थाहरुको हकहितमा काम गर्न कार्ययोजना समेत तय गर्नु पर्ने धारणा सहित कार्यक्रम सम्पन्न भएको हो ।

यस्तै कार्यक्रमको अबसरमा जिल्लाका सामुदायिक विकासको क्षेत्रमा लामो समय सम्म सामाजिक बिकासमा योगदान पुर्याएकोमा उच्च कदर गदै नारी जागरण केन्द्र, सान्ती नेपाल, प्रयास नेपाल,फोकस नेपाल,आइसीडिसी नेपाल,चन्द्रज्वती एकिकृत ग्रामिण समाज, अपाङगता कल्याण संघ गजुरी कोषक नेपाल,संगिता विसुरालले नेतृत्व गरेको संस्था ,लगायतका १६ वटा संस्थाहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%८%१%

प्रतिक्रिया दिनुहोस