आज:  | Fri, 03, May, 2024

टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, २ जना घाइते

२९ माघ २०८०, सोमबार ११:५८ मा प्रकाशित ( २ महिना अघि) २२६ पाठक संख्या
नारी बाटिका


धादिङ २९ माघ ।

धादिङको बेनिघाट रोराङमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। साथै उक्त दुर्घघनामा दुईजना घाइते भएका छन् ।

आइतबार राति अ. ८ बजेर २० मिनेटको समयमा बेनिघाट रोराङ गाउँपालिका–२, छापडाँडामा बा ४ ख ३५५९ नम्बरको टिपर दुर्घटना भएको हो। टिपर आफैँ अनियन्त्रित भई बाटोको छेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

दुर्घटनामा टिपरमा सवार तीनजना घाइते भएका थिए । घाईतेका उपचारका निम्ति मलेखुस्थित अस्पतालमा ल्याइएको थियो।

उपचारका क्रममा बेनिघाट रोराङ–२ का २९ वर्षीय गोविन्द श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्रले जानकारी दिनु भयो । साथै उक्त दुर्घटनामा दुई जना घाइतेको मलेखुमा उपचार भइरहेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%६%

प्रतिक्रिया दिनुहोस