आज:  | Mon, 29, Apr, 2024

लैङ्गिक हिंसा सम्बन्धी विद्यालयमा प्रशिक्षण कार्यक्रम

५ फाल्गुन २०८०, शनिबार ०९:०८ मा प्रकाशित ( २ महिना अघि) १५९ पाठक संख्या
नारी बाटिका


धादिङ ५ फागुन ।

जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा विद्यार्थीहरुमा लैंगिक हिंसा विरुद्धको सचेतनामुलक कार्यक्रम गरेको छ । समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत धादिङको नीलकण्ठ नगरपालीका ३ स्थित नीलकण्ठ मा.वि. कक्षा ९ मा अध्ययनरत विधार्थी, शिक्षक र शिक्षिकको सहभागीतामा कार्यक्रम गरिएको हो । 

पछिल्लो समयमा हाम्रो समाजमा बड्दै गएको सामाजिक अपराधका निसानामा विशेष गरी महिला बालबालिकाहरुमा जाखिम हुने भएकोले सम्वन्धित लक्षित वर्ग विद्यालयमा अध्ययनरत छात्रछात्राहरुमा सचेतना जगाउने उदेस्यले लैङ्गिक हिंसा नियन्त्रण, मानव बेचविखन, साईबर अपराध, बाल यौन दुर्व्यवहार र कानुनी प्रावधान सम्बन्धी सहजीकरण गरि गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । 

उक्त अभिमुखीकरण कार्यक्रममा जि.प्र.का. धादिङका प्रहरी नायव निरीक्षक चन्द्र मोक्तानले प्रस्तुतीकरण गर्नु भएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस