आज: २०८३ जेष्ठ २२, शुक्रबार | Fri, 05, Jun, 2026

निलकण्ठ नगपालिकाको चालु वर्ष २०८२।०८३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

२०८३ जेष्ठ २२, शुक्रबार मा प्रकाशित ( १ घण्टा अघि) २४९ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -२२ जेठ ।

धादिङको नीलकण्ठ नगरपालिकाको चालु आर्थिक बर्ष २०८२।०८३ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

शुक्रबार नीलकण्ठ नगरपालिकाबाट चालु आ.व.मा सम्मन्न गरिएको सेवा प्रवाह योजनाहरु,नगरपालिका अन्तर्रगतका विभिन्न विषयगत समितिले सम्पन्न गरेका कार्य प्रगती र खर्च भएका बजेटका विषयमा सरोकारवालाहरुको सहभागितामा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीदत्त कँडेलले चालु वर्ष ०८२ । २०८३ को वार्षिक बजेट विनियोजित गरिएकोमा उल्लेखित बजेटमध्य ५१ प्रतिशत खर्च भएको बताउनु भयो ।

सार्वजनिक सुनुवाईमा नगरपालिकाबाट सम्पन्न गरिएका योजना तर्फ,सामाजिक विकास तर्फ र लक्षित वर्ग तर्फको कार्य प्रगती, नागरिक सेवा, निति तथा कार्यक्रम तथा बजेटको बिषयमा नगरभित्र वसोबास गर्ने सरोकारवालाहरुले प्रश्न, गुनासो र सुझाव राखेका थिए ।

नागरिकबाट उठेका जिज्ञासाको नगर प्रमुख भीम प्रसाद ढुंगाना, उप–प्रमुख दिपक बिश्वकर्मा, नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत हरीदत्त कँडेलर्ले प्रस्टयाउनु भएको थियो ।

जिज्ञासा,सुझाव र गुनासालाई संवोधन गर्नु हुदै मेयर ढुङ्गानाले शुशासन पारदर्शिता र जवाफदेहिताको निमित्त आफु सदैव प्रतिवद्ध रहेको बताउँदै सल्लाह, सुझाव र गुनासो सुन्नकै निमित्त सार्वजकि सुनुवाई कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

उहाँले आफ्नो नेतृत्वको नगरपालिका टिमले नगरबासीको शिर झुकाउने काम कहिल्यै नगर्ने, सम्मृद्ध नगरपालिका निर्माणको लागि आफु प्रतिबद्ध रहेको धारणा व्यत्त गर्नु भएको छ ।मेयर ढुंगानाले सार्वजनिक सुनुवाईमा उठेका सकारात्मक सवालहरुलाई आफुले पुर्ण कार्यान्वयन गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस