आज: २०८३ जेष्ठ २४, आईतबार | Sun, 07, Jun, 2026

रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन

२०८३ जेष्ठ २४, आईतबार मा प्रकाशित ( २ घण्टा अघि) १३०३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२४ जेठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी जिल्ला अधिवेशनबा नयाँ नेतृत्व चयन भएको छ । शनिबार निलकण्ठ नगरपालिका सितलबजरस्थित क्रिक रिसोर्टमा आयोजित कार्यक्रममा नेपाल सरकारका सुचना तथा संन्चामन्त्री तिमल्सीनाको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन भएको हो ।

अधिवेनबाट धादिङको जिल्ला समितिको सभापतिमा राजन अर्याल,उपसभापतिमा श्रवण त्रिपाठी,सचिवमा राम भण्डारी र सह सचिबमा श्रीराम आचार्य निर्वाचित भएका छन् । तर सदस्यहरुको विवारण भने खुलाउन बाँकी छ ।

धादिङमा जस्तै हाल रास्वपाले देशैभर जिल्ला अधिवेशन गरिरहेको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबार झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा, सुनसरी, महोत्तरी, रौतहट, दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र सिन्धुलीमा अधिवशेन सम्पन्न भएको जनाएको छ ।

यस्तै स्याङ्जा, कास्की, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, कालिकोट, सल्यान, बैतडी, बझाङ र दार्चुलामा पनि अधिवेशन भएको बताइएको छ।

पार्टीलाई पूर्ण रूपमा वैधानिक र जन अनुमोदित बनाउन देशैभरका वडा,क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गरी केन्द्रीय अधिवेशको लागी तयारीमा जुटेको आयोगले जनाएको छ। साथै राष्ट्रिय महाधिवेशन अघि देशका ७७ मध्ये ६७ जिल्लामा निर्वाचन सम्पन्न गर्ने रास्वपाको तयारी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस