आज: २०८३ जेष्ठ २३, शनिबार | Sat, 06, Jun, 2026

जेनजी आन्दोलनमा बालबालिकालाई ‘ह्युमन शिल्ड’ बनाइएको आयोगको निष्कर्ष

२०८३ जेष्ठ २३, शनिबार मा प्रकाशित ( १ घण्टा अघि) ७७६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ -२३ जेठ ।

राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ आन्दोलनमा बालबालिकालाई ‘ह्युमन शिल्ड’बनायर प्रयोग गरिएको निष्कर्ष निकालेको छ।

जेनजी आन्दोलनका क्रमामा भएको हिंसात्मक घटनाले ठुलो जनधनको क्षतिको घटना बारे जाँचबुझ गर्न गठित समितिकी संयोजक डा.लिली थापाले आन्दोलनमा मानव अधिकारविपरीत गतिविधि भएको बताउनु भयो।

घटनाको अनुसानको क्रममा आयोगले ४३७ भिडियो क्लिप अध्ययन गर्दा करिब ३५ भिडियो वास्तविक प्रमाणित भएका र तेस्रो भिडियोमा हिंसात्मक गतिविधि गर्न उक्साउने सामग्री भेटिएको स्पष्ट पारेको छ।

प्रतिवेदनमा बालबालिकालाई अगाडि राखेर, बम बनाउन सिकाउने तथा सुरक्षाकर्मीमाथि आक्रमण गर्न उक्साउने गतिविधि देखिएको बताएको छ। यसैगरी सोही आन्दोलन कै क्रममा आयोगले उत्तेजक भूमिका खेलेका ५४ जनाको पहिचान समेत गर्दै उनीहरूमाथि थप अनुसन्धान गर्न पनि प्रतिवेदनमार्फत सिफारिस गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस