आज: २०८३ श्रावण १६, शनिबार | Sat, 01, Aug, 2026

शिक्षामा नीलकण्ठको प्रगति, निशुल्क शिक्षासँगै शिक्षक सम्मान

२०८३ जेष्ठ २४, आईतबार मा प्रकाशित ( १ महिना अघि) २९१५ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संंवाददाता

धादिङ -२४ जेठ ।

धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकाले शिक्षा क्षेत्रमा पनि सफलता हाँसिल गर्न निकै अगाडी बढेको छ ।

जस अनुसार पालिकाभरका सामुदायिक तथा सँस्थागत विद्यालयबाट २०८२ को एसईईमा शतप्रतिशत नतिजा प्राप्त गर्ने विद्यालयका विद्यार्थी र शिक्षकलाई सम्मा गरिएको हो ।

शनिबार निलकण्ठ नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी ४ जिपिए हासिल गर्ने विद्यार्थीका साथै विषयगत रुपमा शतप्रतिशत नतिजा निकाल्ने ३११ जना शिक्षकलाई बाजागाजा सहितको प्रमाणपत्र तथा नगदसहितले सम्मान गरिएको छ।

देशका धेरै जिल्लाहरुमध्यका धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकाले शैक्षिक सत्र २०८१ देखि पूर्ण रुपमा निःशुल्क शिक्षा लागु गरेको छ भने पालिकाले कुल बजेटको ४२ प्रतिशत भन्दा धेरै रकम शिक्षा क्षेत्रका लागि विनियोजन गर्दै आएको छ ।

जसका कारण नीलकण्ठ नगरपालिकाको निःशुल्क शिक्षा हाल देशभर चर्चित रहेको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस