आज: २०८२ चैत्र १०, मंगलबार | Tue, 24, Mar, 2026

आफुले सन्तान नपाएपछी प्रसूति गृहबाट अरुको शिशु चोरी गर्ने महिला पक्राउ

२०८० फागुन १३, आईतबार मा प्रकाशित ( २ साल अघि) ८९७१ पटक पढिएको
नारी बाटिका


काठमाडौं १३ फागुन

काठमाडौंको थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरी गर्ने एक महिला पक्राउ परेकी छन् । ति महिलाले बिहे गरेको लामो समयसम्म सन्तान नभएपछि थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरी भागेपनि उनलाई प्रहरीले पक्राउ गरिसकेको छ । शिशु चोरी गरेको आरोपमा पक्राउ पर्नेमा। दैलेख घर भई हाल काठमाडौंको काँडाघारी बस्दै आएकी २४ वर्षीया मनकुमारी सिंह रहेकी छन् ।

यस्तै उक्त प्रसूति गृहबाट बच्चा चोरी गर्न सघाएको आरोपमा उनका श्रीमान् र आफन्त एकजना पनि पक्राउ परेका छन् । मनकुमारी सिंह,उनका श्रीमान् र अर्का एकजना गरी तिनैजनालाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सुक्रबार काँडाघारीबाट पक्राउ गरेको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीका अनुसार विवाह गरेको लामो समयसम्म सन्तान नभएपछि मनकुमारीले शिशु चोरी गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको बताउनु भयो।

थापाथली प्रसूति गृहमा सुरक्षित सुत्केरीको लागी आएकी काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका–३ घर भई हाल कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले आफ्नो शिशु अस्पतालकौ वेडबाटै हराएको जानकारी प्रहरीलाई गरेकी थिईन् ।

चोरीमा परेको शिशुका आमा श्रेष्ठले शुक्रबार दिउँसो प्रसूति गृहबाट आफ्नो २६ दिनको शिशु चोरी भएको भन्दै सूचना दिएपछि प्रहरीले खोजी कार्य शुरु गरेको थियो। प्रहरीले सीसीटीभी फुटेजमा कैद भएको स्टोरेज रेकर्डको आधारमा पछ्याउँदै काँडाघारीमा मनकुमारीलाई शिशु सहित फेला पारेको हो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%१%४%१%

प्रतिक्रिया दिनुहोस