आज:  | Sun, 19, May, 2024

आजदेखि देशभर मध्यका ७५ जिल्लामा दादुरा–रुवेला विरुद्धको खोप अभियान सुरु

१३ फाल्गुन २०८०, आईतवार ०८:१५ मा प्रकाशित ( २ महिना अघि) २१२ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु
नारी बाटिका संवाददाता

काठमाडौं १३ फागुन।

आजदेखी सरकारले देशैभर दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्दैछ । विशेष गरी बालबालिकामा देखापर्ने दादुरा–रुवेला संक्रमणको जोखिमबाट बच्नका लागि खोप अभियान सञ्चालन गर्न लागेको हो ।

आजदेखि सुरु भई आगमी चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुम बाहेक देशका ७५ जिल्लामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस अभियान अन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार तीन सय ५ बालबालिकालाई खोप लगाइने जनाएको छ

आईतबार बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ । काठमाडौं जिल्लामा मात्रै एक हजार ६ सय ७० खोप केन्द्र तोकिएका छन् ।छिमेकी राष्ट्रहरु मध्यकै निकै नजिक सीमा जोडिएका भारतसँग दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा समेत यस अभियान संन्चालन हुंदैछ ।

यस्तै यस खोप २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाईने र ५१ जिल्लामा भने ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । धेरै जिल्ला मध्य काठमाडौँ जिल्ला दादुरा–रुवेलाको अतिसङ्क्रमित जिल्लामा पर्दछ ।

गएको वर्षमा दादुरा–रुवेला सक्रमण फैलिँदा काठमाडौँ जिल्लामा मात्रै दुई सय २५ जना बालबालिकाहरु सङ्क्रमित र एकजनाको मृत्यु समेत भएको थियो । गत वर्ष १९ जिल्लामा यो सक्रमण महामारीका रूपमा नै फैलिएको थियो ।

साथै यो खोप संन्चालनको लागी निर्धारण गरिएका तथा आफुलाई पायक पर्ने कुनै मध्यको खोप केन्द्रमा आफ्ना बालबालिकालाई खोप लगाउन लैजान सरकारले सम्पुर्ण अभिभावकलाई आग्रहका साथ अनुरोध गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%५%१%

प्रतिक्रिया दिनुहोस