
नारी बाटिका
काठमाडौं १४ फागुन ।
आजको मौसम सफा रहन्छ या फेरवदल छ । यस सम्वन्धि जानकारी गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारण तया बदली रही बाँकी भू–भागको मौसम मुख्य तया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसतबेला नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । हाल देशको मधेश प्रदेश लगायत पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्य तया सफा रहेको जनाएको छ ।
यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै शोमबार राति देशभर आंशिक देखि साधारण तया बदली रहने र देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस