आज:  | Sat, 04, May, 2024

गायक भक्तराज आचार्यको निधन, उहाँको आजै अन्त्येष्टि गरिने

१५ फाल्गुन २०८०, मंगलवार ०७:५९ मा प्रकाशित ( २ महिना अघि) १७४ पाठक संख्या
नारी बाटिका


काठमाडौं १५ फागुन ।

सबैको ओँठमा उचारण हुने गितका गायक तथा संगीतकार भक्तराज आचार्यको शोमबार निधन भएको छ । ८१ वर्षको उमेरमा सोमबार उहाँको निधन भएको हो । उहाँको पार्थिव शरीरमा अहिले अन्तिम श्रदान्जली दिने क्रम जारी छ ।

आचार्यको आजै अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ । उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ ।आचार्यको पार्थिव शरीर मंगलबार बिहान ९ बजे प्रतिष्ठानाको प्रांगणमा राखिने संगीतकर्मीले जनाएका छन् ।

यसै क्रममा स्व.आचार्यको सम्मानमा संगीतकर्मीले उहाँका गीत गाउनेछन्। दिउँसो १ बजेपछि अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा लगिने जानकारी गराएका छन् । उहाँका शुभचिन्तक,ईष्टमित्र,आफन्तजन,कलाकार,संगितकर्मी लगायतले श्रद्धाञ्जली दिएपछी अपरा्हन तिर अ​न्तिम संस्कारका लागि पशुपतिस्थित आर्यघाट लगि दाहसंस्कार गरिने भएको छ ।

८१ वर्षको उमेरमा सोमबार उहाँको निधन भएको थियो । उपचारका लागि मेडिसिटी अस्पताल लैजाँदै गर्दा दिउँसो बाटोमै आचार्यको निधन भएको हो । उहाँ लामो समयदेखि बिरामी पर्नु भएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस