आज:  | Sat, 27, Apr, 2024

आफन्तको विवाहमा जाँदै गरेका पाहुना बोकेको पिकअप दुर्घटना हुंदा एक जनाको मृत्यु‚ १५ घाइते

२० फाल्गुन २०८०, आईतवार १९:३४ मा प्रकाशित ( १ महिना अघि) ३४८ पाठक संख्या
नारी बाटिका


धनकुटा २० फागुन ।

आईतबार धनकुटाको पाख्रिबासमा सवारी दुर्घटना हुंदा एकको मृत्यु भएको छ । साथै उक्त दुर्घटनामा परी १५ जना घाइते भएका छन्। धनकुटाको हिलेबाट चुम्बाङ तर्फ जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप भ्यान पाख्रिबास नगरपालिका वडा नं. १० चुम्बाङ भन्ने स्थानमा दुर्घटना हुँदा ११ वर्षीय एक बालकको मृत्यु भएको हो। मृत्यु भएका बालकको पहिचान भने खुल्न बाँकी धनकुटा प्रहरीले जनाएको छ।

यस्तै उक्त दुर्घटनामा परी घाईते भएका १५ जना यात्रुको धनकुटा अस्पतालमा उपचार भैरहेको र घाईते मध्य पाख्रिबासका २२ वर्षीया रविका राई र काठमाडौँका ४० वर्षीय सानु आलेलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको बताइएको छ।

यसैगरी धनकुटा नगरपालिका वडा नं. ४ का ३६ वर्षीया देवी खत्री, १० वर्षीय अजित खत्री, ३६ वर्षीया देविका खत्री, ४७ वर्षीया सुनिता खत्री, पाख्रिबास नगरपालिका वडा नं. १० की लक्ष्मी राईको धनकुटा अस्पतालमा उपचार भइरहेको जनाएकोछ।

यस्तै घाईते १५ मध्य ८ जनाको स्थानीय प्राथमिक अस्पतालमा उपचार गरि थप उपचारका लागी धनकुटा अस्पताल ल्याइँदै गरेको धनकुटा जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ ।

उल्लेखित सवारीसाधान दुर्घटनामा परी यात्रुहरु घाईते भएको जानकारी पाउनसाथ स्थानीयवासी र नजिकै रहेको स्कुलका शिक्षक र छात्रछात्राले दुर्घटनाका घाइतेहरुको उद्धार गरेका बताइएको छ ।

पिकअप सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो। पिकअपमा १७ जना सवार रहेका थिए। अधिकांश घाइते आफन्तको विवाहमा जाँदै गरेका पाहुना रहेको बताइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%

प्रतिक्रिया दिनुहोस