आज:  | Sat, 27, Apr, 2024

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

२४ फाल्गुन २०८०, बिहीबार १०:४५ मा प्रकाशित ( १ महिना अघि) १३५ पाठक संख्या
नारी बाटिका


काठमाडौं -२४ फागुन

आज कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ । बैठक बिहान ९ बजे नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको पार्टीले जनाएको छ ।

नेकपा माओवादीका अध्यक्ष एवं् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले एकाएक काँग्रेससंग गठवन्धन तोडेर नेकपा एमाले,रास्वपा एकिकृत समाजबादी लगायतका पार्टीहरुबिच सहकार्यमा गएपछी काँग्रेस प्रतिपक्षमा आइपुगेको छ ।

देशमा नयाँ राजनितिक समिकरण वदलिएपछी अबको पार्टीको भुमिका कस्तो रहने,संसदमा सशक्तरूपमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाएको हो।

त्यसैगरी बैठकमा प्रदेश सरकारमा आइरहेको परिवर्तन र आगामी रणनीतिक विषयका बारेमा पनि छलफल हुने जनाईएको छ।

संघीय संसद्को दुवै सदनको बैठक आजका लागि बोलाइएको छ। संसद्को अघिल्लो बैठकसम्म कांग्रेस सत्ता साझेदार दल थियो ।

तर,आज एकाएक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझेदार परिवर्तन गरेसँगै कांग्रेस प्रतिपक्षमा बस्ने अबस्था आईपुगेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस