
नारी बाटिका
काठमाडौं -२४ फागुन
आज कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ । बैठक बिहान ९ बजे नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको पार्टीले जनाएको छ ।
नेकपा माओवादीका अध्यक्ष एवं् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले एकाएक काँग्रेससंग गठवन्धन तोडेर नेकपा एमाले,रास्वपा एकिकृत समाजबादी लगायतका पार्टीहरुबिच सहकार्यमा गएपछी काँग्रेस प्रतिपक्षमा आइपुगेको छ ।
देशमा नयाँ राजनितिक समिकरण वदलिएपछी अबको पार्टीको भुमिका कस्तो रहने,संसदमा सशक्तरूपमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाएको हो।
त्यसैगरी बैठकमा प्रदेश सरकारमा आइरहेको परिवर्तन र आगामी रणनीतिक विषयका बारेमा पनि छलफल हुने जनाईएको छ।
संघीय संसद्को दुवै सदनको बैठक आजका लागि बोलाइएको छ। संसद्को अघिल्लो बैठकसम्म कांग्रेस सत्ता साझेदार दल थियो ।
तर,आज एकाएक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझेदार परिवर्तन गरेसँगै कांग्रेस प्रतिपक्षमा बस्ने अबस्था आईपुगेको थियो ।








प्रतिक्रिया दिनुहोस