आज: २०८२ फागुन ५, मंगलबार | Tue, 17, Feb, 2026

आज नेकपा एमाले सचिवालयको बैठक बस्दै

२०८० फागुन २५, शुक्रबार मा प्रकाशित ( १ साल अघि) १२२७० पटक पढिएको
नारी बाटिका


काठमाडौं २५ फागुन ।

आज नेकपा एमाले सचिवालयको बैठक बस्दैछ । एमालेकै प्रयासमा मुलुकमा सत्ता समिकरण फेरिएपछि नयान् समिकरणको सरकार र राजनीतिक विषयमा समीक्षा गर्न एमालेले सचिवालय बैठक बोलाएको हो। बैठक अहिले बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्न लागिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनु भयो ।

सरकारमा सहभागी भएपछिको अवस्थामा छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाउनु भएको हो। बैठकमा पार्टीले गरेको पछिल्लो निर्णयको समीक्षा तथा आगामी कार्ययोजना लगायतका सवलमा छलफल हुने बताइएको छ।

पछिल्लो गठबन्धन, सरकारमा सहभागिताभएपछी जिम्मेवारीका विषयमा साथै यसअघि केन्द्रीय कमिटी बैठकमा उठेका विषय नै छलफलका मुख्य एजेण्डा रहेको सचिवालय स्रोतले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%४%

प्रतिक्रिया दिनुहोस