आज:  | Mon, 06, May, 2024

 धादिङमा लागु औषध उत्पादन,ओसारपसार बड्दै जाँदा नियन्त्रणको लागी सरोकारवालाको चासो

२५ फाल्गुन २०८०, शुक्रबार १५:२९ मा प्रकाशित ( १ महिना अघि) ३४५ पाठक संख्या
नारी बाटिका


धादिङ २५ फागुन ।

विगतको तुलनामा केही समयदेखी धादिङमा लागु औषध सम्वन्धि कच्चा पदार्थको उत्पादन,ओसार पसार तथा कारोबार बड्दै गएको पाईएकोले यसको नियन्त्रणका लागी सरोकारवालाहरुको चासो बढ्दै गएको छ । लागु औषध नियन्त्रण,रोकथाम र उत्पादन गर्ने किसानीहरुलाई वैकल्पिक खेती र आयआर्जनको उपायहरु खोजी गर्न र लागु औषध बिक्री बितरण कार्यलाई निरुत्साही गर्नको लागी बधबार प्रमख जिल्ला अधिकारी बद्रीनाथ गैरेको अध्यक्षतामा बैठकको आयोजना गरिएको थियो ।

पछिल्लो समयमा यस जिल्लाको हाइवै क्षेत्रबाट दिनहुं जसो लागु औषधका कारोबारीहरु पक्राउ पर्दै गईरहेका छन् । तरपनि बिक्री बितरण,ओसारपसार र उत्पादनमा कमी आउन सकेको छैन । कानुन्ले बर्जित गरेको लागु औषधको बिक्री विबतरण र उत्पादन गर्ने ब्यक्तिहरुलाई कडा रुपमा सजायँ हुन्छ ।

लागु औषध नियन्त्रणमा थप कडाई गर्न सम्वन्धित क्षेत्रको सल्लाह र सुझाब लिई अझै कडाईका साथ काम गर्न बिहीबार धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको अध्यक्षतामा बसेको बेठकमा जिल्लामा लागु औषध उत्पादन, ओसार पोसार, कारोबार र सेवन लगायतको विषयमा छलफल गर्न बैठको आयोजना गरिएको हो ।

बैठकमा भएको छलफलको निष्कर्षबाट जिल्लामा लागु औषध नियन्त्रण गर्न गैससहरुले समुदायमा सचेतना वृद्धी गर्ने,राजनितिक दलहरुहरुले यसलाई गम्भिरता पुर्वक लिएर जनतामा सचेत गराउने,सुरक्षा निकायले कानुन अनुसार कारवाही गर्ने,तथा सबै सरोकारवालाहरु लागु औषध नियन्त्रण गर्नमा अझै संवेदनशिल भएर काम गर्नुपर्ने बताइएको छ ।

लागु औषधजन्य खेती गर्ने एरिया तथा उत्पादन गर्ने क्षेत्रहरुमा त्यस्ता खेतीहरु नियन्त्रण गरी बैकल्पिक खेती तर्फ अग्रसर गराउन सम्बन्धित स्थानिय तहलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

यसैगरी लागुऔषधको कारोबार तथा बिक्री वितरण हुन सक्ने सम्भावित स्थानहरुको पहिचान गरी नियमित अनुगमन, चेकजाँच र कारबाहीका कार्यलाई थप प्रभावकारी बनाउने पनि बैठकको निर्णय भएको छ । लागु औषधजन्य औषधीको बिक्री वितरण कार्यलार्य व्यवस्थित बनाउन चिकित्सकको सिफारिस बिना लागु औषधजन्य र औषधी बिक्री वितरण नगर्ने निर्णय गरिएको छ ।

 

साथै पछिल्लो समयमा धादिङ जिल्लामा लागु औषधको उत्पादन,ओसार पसार तथा कारोबार बड्दै गएको पाईएकोले सरोकारवालाहरुले चिन्ता व्यक्ति गर्दै यसलाई नियन्त्रण गर्नको लागी सचेतनामुलक कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी बनाउँदै लक्षित समुहसम्म पु¥याउने निर्णय भएको छ ।

विशेष गरी समुदायमा काम गर्ने गैरसरकारी संस्था,विद्यालय लगायतले सचेतनामुलक कार्यक्रम संचालनको लागि सुरक्षा निकाय, स्थानिय तह, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, संचार माध्यम,संन्चारकर्मी लगायतले सहकार्य र समन्वय गर्ने निर्णय भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस