आज:  | Sat, 27, Apr, 2024

कांग्रेस सिलो खोजेर सरकार बनाउने पक्षमा छैन :विश्वप्रकाश

२६ फाल्गुन २०८०, शनिबार १९:१९ मा प्रकाशित ( १ महिना अघि) १९५ पाठक संख्या
नारी बाटिका


काठमाडौं २६ फागुन ।

प्रचण्ड नेतृत्वको सत्ता गठवन्धन सरकारबाट एकाएक बाहिरिएपछी यतिबेला नेपाली काँग्रेसभित्र तिब्रगतिमा बहश चलिरहेको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नयाँ सरकार बनाउने धन्दामा नलाग्ने दाबी गर्नु भएको छ ।

उहाँले कांग्रेस अब घरघरमा पुगेर देउसी खेली नयाँ सरकार बनाउने धन्दामा नलाग्ने बताउनु भयो। यस्तै उहाँले कांग्रेस अहिलेको सरकार भत्काउन धार्नी पुर्‍याउने तर्फ नलाग्ने बताउनु भएको हो ।

नेता शर्माले कांग्रेस अब जनताका मुद्दाहरु लिएर खरो रूपमा उत्रिने पनि बताउनु भयो । धोका खाने जति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफैँ हुने भएकाले कांग्रेस सरकार भत्काउने चलखेलमा नलाग्ने स्पष्ट पार्नु भएको छ ।

यसअघि पनि कांग्रेसबाट सरकारमा गएका केही मन्त्रीहरुको भूमिका मन्त्रीको रूपमा चित्त बुझ्दो नभएको कुरा कांग्रेस आफैँले भनेको भए पनि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री फेर्नुको सट्टा हतार गरेर नयाँ गठबन्धन बनाएको बताउनु भयो ।

शर्माले भन्नुभयो ‘हामीले सभापतिज्यूलाई भनेका छौँ। अहिले केही समय पर्खनुस्। यो गठबन्धन जे बनेको छ, यो गठबन्धनले काम गर्ने अवसर पाओस्। सरकार बनाउने धन्दाको क्रममा कांग्रेस नलागोस् भन्ने कुरा भन्नुपर्छ। कसको घरमा देउसी खेल्न गएको, विभिन्न दलहरुसँग गएको कुरा आउँछ। धार्नी पुर्‍याउने तर्फ लागौँ भन्ने पनि आउँछ। धोका खाने जति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफैँ हुन्छ, त्यसका लागि अहिले हतार गर्न जरुरी छैन।’

काँग्रेस महामन्त्री शर्माले चालु अधिवेशन मार्फत विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस