आज:  | Sat, 27, Apr, 2024

राष्ट्रियसभा निर्बाचनमा कांग्रेसले अध्यक्षमा उम्मेदवारी दिने

२६ फाल्गुन २०८०, शनिबार १९:५० मा प्रकाशित ( १ महिना अघि) १५१ पाठक संख्या
नारी बाटिका


काठमाडौं २६ फागुन ।

नेपाली कांग्रेसले राष्ट्रियसभा निर्बाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएको छ । पछिल्लो समयमा मुलुकमा भएको राजनितिक घटनाक्रमले प्रतिपक्षी दल बन्न पुगेको नेपाली कांग्रेसले राष्ट्रियसभा निर्बाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हो।

शनिबार पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले आसन्न राष्ट्रियसभाको अध्यक्ष निर्वाचनमा पार्टीका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको जनाइएको छ ।

आज बसेको बैठकले राष्ट्रियसभा अध्यक्षका लागि पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले जानकारी दिनु भयो। कांग्रेसले पार्टीका तर्फबाट राष्ट्रियसभा अध्यक्ष तथा उपाध्यक्षमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे भने अहिले निर्णय नभइसकेको उहाँको भनाइ छ।

साथै, बैठकले राष्ट्रियसभा अध्यक्षमा सहयोग खोज्न विपक्षमा रहेका अन्य दलसँग परामर्श गर्ने निर्णय गरेको केसीले बताउनु भयो। बदलिँदो परिस्थिति र नयाँ गठबन्धनपछिका बारेमा छलफल भएको थियो । संसद्मा पार्टीका तर्फबाट निर्वाह हुने भूमिकाबारे समेत बैठकमा छलफल भएको नेता केसीले बताउनु भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%१%

प्रतिक्रिया दिनुहोस