आज:  | Sat, 27, Apr, 2024

गृहमन्त्री रवि लामिछानेको प्रहरीलाई प्रमाण हेरेर काम गर्न निर्देशन

२७ फाल्गुन २०८०, आईतवार १६:१० मा प्रकाशित ( १ महिना अघि) २८१ पाठक संख्या
नारी बाटिका


काठमाडौं -२७ फागुन ।

गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई प्रमाण हेरेर काम गर्न निर्देशन गर्नु भएको छ । नव नियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले हरेक नागरिकले सुरक्षाको अनुभूति हुने गरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन गर्नु भएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालयको आज निरीक्षण गर्नु हुंदै प्रहरी प्रधान कार्यालयले आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले कुनै घटनाका प्रतिवादी आदेशका आधारमा नभई प्रमाणका आधारमा बनाउन पनि उहाँले निर्देशन दिनु भयो ।

गृहमन्त्री लामिछानेले भन्नु भयो, “कुनै पनि घटना तथा अपराधको छानबिन र अनुसन्धान हुँदै गर्दाको प्रतिवादी हुने वा नहुने निर्धारण आदेशले होइन प्रमाणले गर्नुस्,अनुसन्धान प्रमाणमुखी हुनु पर्दछ र कानुनको नजरमा सबै बराबर हुनुपर्दछ।”

यसै क्रममा नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नु भयो। निरीक्षण भ्रमणका सिलसिलामा उपप्रधानमन्त्री समेत रहनु भएका लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित सङ्ग्रहालयको निरीक्षण गर्नुका साथै त्यहाँका सम्बन्धीत जानकारी लिनु भएको थियो।

यस्तै उहाँले संगठन निर्माण र उच्च छवि बनाउन योगदान दिने सम्पूर्ण पूर्वप्रहरी अधिकृतहरू र बहालवाला प्रहरी अधिकृत तथा जवानहरूप्रति सम्मान प्रकट गर्नु भयो।

कर्मचारीहरूले आफूलाई सुम्पिएको जिम्मेवारी कानुनी परिधिमा रही निर्वाह गर्नुपर्ने तथा उनीहरूको वृत्तिविकासको सुनिश्चितता सङ्गठनले गर्नुपर्ने बताउँदै गृहमन्त्री लामिछानेले कर्मचारीको सरूवा, बढुवा तथा वृत्ति विकासका लागि आवश्यक नीति र योजना बनाएर ल्याउन आग्रह गर्नु भयो।

यस्तै उहाँले वैज्ञानिक प्रविधिको प्रयोगबाट हुने अपराधको अनुसन्धानमा प्रविधिको प्रयोग सँगसँगै लिएर वैज्ञानिक उपकरणहरू र दक्ष जनशक्तिको विकास आवश्यक रहेको उल्लेख गर्नु भएको छ ।

पीडित महिला तथा बालबालिका, वृद्धवृद्धा, असहाय, गरिब, अपाङ्गता भएकाहरुको न्यायका लागि अझ बढी सजग र सचेत भई विशेष प्राथमिकताका साथ सम्बोधन गर्न निर्देशन दिनु भयो ।

उक्त समारोहमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले गृहमन्त्रीबाट भएको निर्देशन कार्यान्वयनका लागि सङ्गठन पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस