आज:  | Sat, 27, Apr, 2024

राष्ट्रियसभा अध्यक्ष निर्वाचनका लागी प्रधानमन्त्री दाहालका भाईले उमेदवारी दिने

२८ फाल्गुन २०८०, सोमबार ०८:२८ मा प्रकाशित ( १ महिना अघि) १८४ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु

काठमाडौं २८ फागुन ।

​ ​राष्ट्रियसभा अध्यक्ष निर्वाचनका लागि आज उमेदवारी दर्ता हुँदैछ। अध्यक्षका लागी प्रधानमन्त्री दाहालका भाइ नारायण दाहालले उमेदवारी दिने भएका छन् । आज बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म समय निर्धारण गरिएको संघीय संसद् सचिवालयले जनाएको छ।

निर्बाचनको कार्यतालिका अनुसार आज साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित हुनेछ भने भोली मंगलबार बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाउने कार्यतालिका तय भएको छ।

अध्यक्षका लागि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका तर्फबाट २ दलले उम्मेदवार तय गरेका छन्। यस्तै माओवादीका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले आफ्नै भाई नारायण दाहाल उम्मेदवार खडा गरेका छन् । यसैगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

नेपालको संविधानले व्यवस्था गरिए बमोजिम राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभा सदस्य नारायण दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालका सवोदर भाई हुन्। २०७८ मा दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए। सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन्।

नेपालमा पछिल्लो परिवर्तित राजनितिक समिकरण अनुसार माओवादी, एमाले, एकीकृत समाजवादी र जसपा लगायतको सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने सहमति भएको थियो। उपाध्यक्षमा नेकपा एमालेको उम्मेदवार बन्ने सहमति गरेका छन्।

नेपाली कांग्रेसले युवराज शर्मालाई अघि सार्ने भएको छ। बाँके जिल्लामा घर भएका शर्मा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्। उनी ०४५ सालमै काँग्रेसको जिल्ला पार्टी बाँकेको सभापति भएर काम गरी सकेका छन्। २०२८ सालमा देउवा नेविसंघको सभापति हुँदा शर्मा उपाध्यक्ष हुनुहुन्थ्यो।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएसँगै उक्त पद रिक्त भएपछी भोली मंगलबार निर्बाचन हुन लागेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%१%

प्रतिक्रिया दिनुहोस