आज:  | Sat, 27, Apr, 2024

विगतमा धोका खाएकोले गठबन्धनमा लिखित सहमति हुनु पर्नेमा जोड

२८ फाल्गुन २०८०, सोमबार १९:३४ मा प्रकाशित ( १ महिना अघि) २५६ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २८ फागुन।

विगतमा प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड)ले धोका दिएको भन्दै हालको गठबन्धनमा लिखित सहमति हुनु पर्ने नेताहरुको जोड रहेको छ । नेकपा एकीकृत समाजवादीका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लिखित सहमति गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

भर्खरै मात्र नेकपा एमाले सहितको नयाँ समीकरण बनाउँदा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी चार दलबीच मात्रै लिखित सहमति भएकाले आफ्नो दलसँग पनि लिखित सहमति हुनुपर्ने सांसदहरूको भनाइ छ ।

एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका अनुसार यो गठबन्धनलाई अगाडि बढाउन गरिने सहमतिहरूमा एकीकृत समाजवादी पनि औपचारिक रूपमै सहभागी हुनुपर्ने सांसदहरूको सुझाव छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%२%

प्रतिक्रिया दिनुहोस