आज:  | Sat, 27, Apr, 2024

राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

२९ फाल्गुन २०८०, मंगलवार १५:२३ मा प्रकाशित ( १ महिना अघि) १८३ पाठक संख्या
नारी बाटिका


काठमाडौं २९ फागुन ।

राष्ट्रियसभा अध्यक्षमा प्रधानमन्त्री (प्रचण्ड)का भाई नारायण प्रसाद दाहाल निर्वाचित भएका छन्। आज भएको निर्बाचनमा सत्ता गठबन्धनका तर्फबाट दाहाल अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

दाहाललाई राष्ट्रियसभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भनेर प्रस्तुत प्रस्तावको पक्षमा ३९ मत र विपक्षमा १७ मत खसेको थियो। मत विभाजन प्रक्रियामा ५६ सदस्य उपस्थित भएका थिए ।

राष्ट्रियसभाको नयाँ अध्यक्षमा निर्वाचित भएका दाहाल माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन्। दुई वर्षअघि राष्ट्रपतिबाट मनोनीत भएका उनको कार्यकाल चार वर्ष बाँकी रहेकाले उनले आगामी चार वर्ष राष्ट्रियसभाको नेतृत्व गर्न पाउनेछन्।

राष्ट्रियसभा अध्यक्षमा निर्वाचित दाहाल माओवादी स्थायी समिति सदस्य हुन् । राष्ट्रियसभामा निर्बाचित भएसँगै माओवादीबाटै अहिले उपाध्यक्ष रहेकी उर्मिला अर्यालले राजीनामा दिँदै छिन्। नयाँ सत्ता गठबन्धनमा भएको सहमति अनुसार राष्ट्रियसभाको उपाध्यक्ष एमालेको भागमा परेको छ।

अन्य दलबिच सत्ता समिकरण गरेपछी आफना पार्टीले पाउने राष्ट्रियसभा अध्यक्षमा प्रचण्डका भाइ भएकै कारणले उम्मेदवार बनाइएको भन्दै यतिबेला प्रधानमन्त्री प्रचण्डको पार्टीभित्रै चर्को रुपमा आलोचना भैरहेको छ ।

साथै प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले पटक पटक आफना परिवारका सदस्यलाई अबसर दिने गरेको कारा पार्टीका कतिपय पदाधिकारीहरू नै निकै असन्तुष्ट छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%२%

प्रतिक्रिया दिनुहोस