आज:  | Sat, 27, Apr, 2024

प्रधानमन्त्री प्रचण्डले संवैधानिक समयसीमा भन्दा तीन साताअघि नै आज विश्वासको मत लिदै

३० फाल्गुन २०८०, बुधबार ०७:५७ मा प्रकाशित ( १ महिना अघि) २२७ पाठक संख्या
नारी बाटिका


फाईल फोटो

काठमाडौं ३० फागुन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आज प्रतिनिधिसभाबाट विश्वासको मत लिदै हुनुहुन्छ । यसका लागी बुधबार विहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने संघीय संसद सचिवालयले जनाएको छ।

चारदलको समिकरणमा सत्ता फेरबदल गरिएसँगै प्रधानमन्त्री दाहालले तेस्रो पटक १४ महिनामा पुनः विश्वासको मत लिन लाग्नु भएको हो । गएको वर्ष पुस १० गत एमालेको समर्थनमा यसैगरी ेगठवन्धन बनेपछी प्रधानमन्त्रीले पुस २६ मा पहिलो पटक विश्वासको मत लिनु भएको थियो।​ जुनबेला उहाँलाई २७५ मध्ये २ सय ६८ सांसदको समर्थन प्राप्त भएको थियो। त्यसपछि गत वर्षको चैत ६ मा दोस्रो पटक विश्वासको मत लिँनु पर्ने अबस्था आयो र त्वसबेला पनि उहाँले १७२ मत प्राप्त गर्नु भएको थियो । आजको तेस्रो पटक लिँने मतको संख्यामा भने थप घट हुने सम्भावना छ।

उहाँलाई १३८ विश्वासको मत प्राप्त गर्न सांसदको समर्थन चाहिन्छ। हिजो मात्रै एकदल गठवन्धनमा जाने निर्णय भएकोले त्यो संख्या सत्ता घटक ५ दलमा पर्याप्त पुग्ने देखिएको छ। जसमध्य एमालेबाट ७७, माओवादी केन्द्रको ३२, रास्वाका २१, जनता समाजवादीका १२ र एकीकृत समाजवादीका १० सांसद छन्। त्यस्तै चार सिट भएको नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिन पार्टीलाई ह्विप जारी गरेको छ।

हालसम्म प्रधानमन्त्री दाहाललाई १५६ सांसदको मात्रै समर्थन रहेको देखिएको थियो । अहिलेको नेपाली कांग्रेसको संसद्‌मा संख्या ८८, राप्रपाको १४, जनमतको ६, र लोसपाको चार गर्दा ११२ मत गठबन्धन बाहिर छ। जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका दुई र स्वतन्त्र सांसद पनि हालसम्म विपक्षमा हुने देखिएको छ ।

प्रचण्ड नेतृत्वको सरकारबाट कांग्रेस बाहिरिएसंगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार फेरी विश्वासको मत लिन लागेका हुन्। गत फागुन २१ मा नेपाली कांग्रेससँगको सहकार्य तोडेर नयाँ गठबन्धन बनाएपछी रात रह्यो औराख पलाउँछ भन्ने नेपाली उखान जस्तै के थाहा ? फेली नेकपा एमाले अध्यक्ष केपी शर्मा वलीको मन फेरियो भने बिचमा नयाँ गठवन्धन तोडियो भनेत त आफु अल्पमतमा पर्ने आशंकाले प्रचण्डले संवैधानिक समयसीमा भन्दा तीन साताअघि नै विश्वासको मत लिन लाग्नु भएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस