आज: २०८२ चैत्र १२, बिहिबार | Thu, 26, Mar, 2026

उचित सेवा दिन नसकेकोमा एनओसी शाखा प्रमुख पौडेलको राजीनामा

२०८० फागुन ३०, बुधबार मा प्रकाशित ( २ साल अघि) ५४४८ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३० फागुन ।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका एनओसी शाखा प्रमुख पौडेलले सेवाग्राहीलाई उचित सेवा दिन नसकेकोमा राजीनामा दिएका छन् । नेपालबाट विदेशी इन्भर्सिटीमा अध्ययन गर्न जाने विद्यार्थीहरुको लागी आवश्यक पर्ने नो अब्जेक्सन लेटर (एनओसी)शाखाका प्रमुख शान्तिराम पौडेलले राजीनामा दिएका हुन्। सेवाग्राहीहरूलाई सेवा दिन नसकेको भन्दै उनआफ्नै खुशीले राजीनामा दिएको बताउनु भएको छ।

उनले भोलि (चैत १) गतेदेखि लागू हुनेगरी राजीनामा शिक्षा मन्त्रालयमा बुझाइएको बताउनु भएको छ । ‘काम गर्न सकिएन,अब सेवा दिन नसकेपछि किन पदमा बस्नु, त्यसैले भोलिदेखि लागू हुनेगरी आजै राजीनामा बुझाएको छु,’उहाँको बनाई छ।

भक्तपुरस्थित एनओसी शाखामा उच्च शिक्षा अध्ययनको लागि विदेश जान एनओसी लिन आउने विद्यार्थी सेवाग्राहीको संख्या अत्यधिक रुपमा बढीरहेको छ। पछिल्लो समयमा नेपालका क्याम्पस रित्तिँदै, गइरहेका छन् भने विदेशमा पढ्न जाने विद्यार्थीहरु दैनिक रुपमा करिक ७०० ले एनओसी लिन आउने गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस